ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

चार पार्टी सहितकाे समाजवादी मोर्चा नेपाल घोषणा


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८०/०३/०५ काठमाडौँ।

सन्तोष प्रसाद तिवारी।

समाजवादी मोर्चा नेपाल घोषणा कार्यक्रम काठमाडौँको राष्ट्रिय सभा गृहकाे हल भित्र गरिएको छ। २०८०/०३/०४ गते मंगलबार सरकार बाहिर रहेकाे पार्टी सहित समाजवादी माेर्चा नेपालमा चार पार्टीहरु-: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी रहेका छन्, सबै पार्टीका नेतृत्वले समाजवादी मोर्चा गठनको सहमति पत्रमा हस्ताक्षर समेत गरेका थिए। घोषणा कार्यक्रममा सबै पार्टीका प्रमुख नेतृत्वहरु एउटै मञ्चमा उभिई एक अर्काको हात समातेर अब बन्ने समाजवादी मोर्चा ईतिहासकै पहिलो र बलियो बनाउँदै जाने प्रतिवद्धता व्यक्त गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा का महासचिब नेत्रविक्रम चन्द ‘विप्लव’ले  अग्रगामी नेतृत्व, वैज्ञानिक समाजवाद, नेपाली जनताको स्वाभिमान र सार्बभौमिकताको लागि, सहिदका सपना साकार पार्न, श्रमजीवी वर्गको पक्षमा वकालत गर्न, दलाल पुँजीपति वर्गको विरुद्धमा लड्न, प्रतिगमनकारी र प्रतिक्रान्तिकारीसँग विजय हाँसिल गर्न, राष्ट्र राष्ट्रियता र समृद्धिको लागि यो समाजवादी माेर्चा आजको आवश्यकता रहेको बताए।

त्यस्तै जसपा नेपाल का अध्यक्ष उपेन्द्र यादवले सम्बाेधनमा, राष्ट्रको हित र परिवर्तनको लागी साझा मोर्चा आजको आवश्यकता रहेको बताए। साथै संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण,समानता, पुराना राज्य व्यवस्थाको अवशेषहरु हटाउन, मधेसी समुदायको हक अधिकार र समृद्धिको लागि, शिक्षा, स्वास्थ्य, कृषि, लगायत युवा वर्गहरूको राेजगार ग्यारेन्टी गर्न पनि यो मोर्चा बनाउन आवश्यक रहेको बताए।नेकपा(एकिकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनालले सम्बाेधन काे क्रममा बाेल्दै क्रान्तिकारी भुमि सुधार लागु गर्न , राष्ट्रिय औद्योगिकरणको निर्माण गर्न , शिक्षा स्वास्थ्यलाई राष्ट्रियकरण गर्न, यी एजेण्डा पुरा हुनलाई मोर्चा गठन गरिएको बताए। साथै रेमिट्यान्समा देश चलाउन नपरोस, भुमि मिचिएको छ, आफ्नो भन्न पाईदैन, राजनीति अस्थिरताले नै बाह्य हस्तक्षेप बढेको छ, उनले भने।

नेकपा(एस)का अध्यक्ष माधव कुमार नेपालले सम्बाेधन मार्फत याे माेर्चा निर्वाचन अगाडि नै तयार गर्ने उद्देश्य रहेको थियो,आज सफल भयो। सिद्धान्तहिन, विचारहिन मोर्चा होईन, नयाँ परिवर्तनको एकताको लागि,समाजवादको दिशामा अघि बढ्ने मोर्चा हो।२०४६/४७ मा वाम माेर्चा तयार गरी पञ्चायती व्यवस्थाको विरुद्धमा मोर्चा बनेको थियो।यो मोर्चामा सबै कम्युनिष्ट धारका पार्टी जोडिन्छन्।उनले भ्रष्टाचार गर्ने र मिटर ब्याजिलाई नछाड्न प्रधानमन्त्री र गृहमन्त्रिलाई अपिल समेत गरेका छन्।

ADVERTISEMENT

अन्तिममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बाेधनमा विगतका कमीकमजोरीलाई समिक्षा गर्दै, समाजवादको बाटोमा जान, हिजो जनतासँग गरेको वाचा पुरा गर्न, आज यो समाजवादी मोर्चा गठन भएको हो, यसलाई टोड्न कसैले सक्दैन ,हाल सरकारमा बसेर पनि जनमुखी काम भइरहेकाे र सरकार ढले पनि आफ्नो कार्यलाई निरन्तरता दिने बताए। त्यस्तै प्रचण्डले विप्लव नेतृत्वको पार्टी सहित मोर्चामा आवद्ध रहेकाले यहाँ भएका धुलो मैलो सफा हुने जिकिर गरे। यो मोर्चा प्रतिगमनकारी, प्रतिक्रान्तिकारी र सामन्तवादका अवशेषहरूको विरूद्धमा हो। विस्तृत शान्ति सम्झौताको बाँकि काम पुर्ण गर्नका लागि पनि आवश्यकता रहेको बताए। साथै यसका लागि सबै क्रान्तिकारी पार्टीहरु मिलेर सडक र सदन दुवै ठाउँबाट संघर्ष गर्नूपर्ने सुझाव पनि दिएका छन्।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं नेपाल सरकारका कार्यकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, विशिष्ट अतिथिमा नेकपा का महासचिब नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (एस)का अध्यक्ष माधव कुमार नेपाल, जसपा नेपाल का अध्यक्ष उपेन्द्र यादव, लगायत नेता झलनाथ खनाल र गृहमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन्, भने पार्टी निकटका सांसद, पार्टीका जवस संगठनका नेतृत्व एवं कार्यकर्ताहरु, पार्टीका शिर्षस्थ नेताहरु, सुरक्षा कर्मीहरु, शुभचिन्तक, वुद्धिजीवी, कलाकार, वकिल, पत्रकार,आम नागरिकहरु, लगायत चारै पार्टीका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

कागेश्वरी मनोहरा ५ थलीमा नेकपाको क्षेत्रीय निर्वाचन परिचालन समिति बैठक सम्पन्न

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

जनताको आवाज संसदसम्म पुर्‍याउने प्रतिबद्धता : काठमाडौं क्षेत्र नं. २ का उम्मेदवार – नितेश पौडेल “संवाद”

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

काठमाडौंमा रहेका मतदातासँग गोरखाका कांग्रेस उम्मेदवार दवाडीले गरे अन्तरक्रिया

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

जनताको पक्षमा प्रतिबद्ध राजनीति: मोरङ–३ बाट डा. देउमान सम्बाहाङ्फेसँग संवाद

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

बुबाको प्रेरणाले अन्यायबिरुद्ध आवाज उठाएकी सिन्धु नै नेकपाको उम्मेदवार

सामाजिक सञ्जाल बन्दको प्रभाव पत्रकारिता र मिडियामा चुनौती कि अवसर

भ्रष्टाचारको मुहान निर्वाचन खर्च पैसाले कब्जा गरेको लोकतन्त्र

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host