२०८० असार ११।
मोरङ, सुनदरहरैचा नगरपालिका-८ गरुड चोक बस्ने ७६ वर्षीय जित बहादुर थापा सोही ठाउँ भृकुटी चोकस्थित खाली घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् । प्यूठान, गौमुखी गाउँपालिका-७ माथिपानी बस्ने २४ वर्षीय बेगम बहादुर दर्जी झिमरुक गाउँपालिका-२ खोप्चा पातल कटेरी सामुदायिक वनको खोल्सामा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ बस्ने ६५ वर्षीय बुद्ध बहादुर लिम्बु आफु सुत्ने कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । सप्तरी, सुरूङगा नगरपालिका-६ श्रीपुरस्थित पानी जमेको खाल्डोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
गुल्मी, मालिका गाउँपालिका-२ च्यानडाँडा बस्ने ४१ वर्षीय लिल बहादुर घर्ती सोही ठाउँस्थित खोल्सामा शनिबार मृत अवस्थामा फेला परेका छन् । लिल बहादुर र उनकै छोरी ८ वर्षीया बिन्दु घर्ती बुवासँग भेटघाट गरी ससुराली घर फर्कने क्रममा सोही ठाउँस्थित चिप्लेपहराको खोल्सामा आएको भलले बगाई गोरेटो बाटोबाट करिब ८० मिटर तल उनको शव फेला परेको हो । साथै भलले बगाई बेपत्ता भएकी भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पौदीअमराई र प्रहरी चौकी वामीटक्सारबाट खटिएको प्रहरीले बिन्दुको खोजी गरिरहेको छ ।