२०८० असार ११।
काठमाडौँ।
सन्तोष प्रसाद तिवारी।
आगामी आ.ब. २०८० / ०८१ को लागि कूल आय २ अर्ब ८८ करोड १३ लाखको अनुमान प्रस्ताब गर्दै, आर्थिक विधेयक र विनियोजन विधेयक पारित भएको छ । बूढानीलकण्ठ नगरपालिकाको नगर सभाको तेस्रो १२ औं नगर अधिवेशन असार १० गते नगरपालिकाकै सभा हलमा बसेको हाे । नगर अधिवेशन असार ०७ गतेबाट सुरु गरि आर्थिक वर्ष २०८०/८१ काे आर्थिक विधेयक र विनियोजन विधेयक साेही दिन १०:३० बजे छलफल तथा सुझाव दिएकाे थियो ।
नगर प्रवक्ता नवराज भट्टराईले संचालन गरेका कार्यक्रममा, विभिन्न वडाहरूले प्रतिनिधित्व गरी नगरका सभा सदस्यहरूले सल्लाह , सुझाव,जिज्ञासा तथा सवाल जवाफहरु राखेका थिए । भने,नगर प्रमुख मिठाराम अधिकारीको अध्यक्षतामा बसेको अधिवेशनको पहिलो वैठकमा प्रस्तुत भएको २०८०/८१ काे आर्थिक विधेयक र विनियोजन विधेयक असार १० गतेको तेस्रो बैठकबाट वृहत छलफल, समिक्षा र सुझाव संकलन पश्चात नगर सभा सदस्यहरुद्वारा पारित गरिएको थियो। त्यस्तै नगर सभा सदस्यहरु मार्फत उक्त प्रस्ताव पारित भएको घोषणा गर्दै असार २० गते दिँउसो १ बजे सम्मका लागी नगर अधिवेशन स्थगन भएको नगर प्रमुख अधिकारीले जानकारी गराए । नगरपालिकाको आर्थिक वर्ष २०८०\८१ को नीति तथा कार्यक्रम, आर्थिक विधेयक २०८० लगायत विनियोजन विधेयकहरु असार २० गते नगरसभा सम्पन्न भए पश्चात सार्वजनीक गरिने निर्णय भएको थियो ।अधिवेशनमा नगरप्रमुख, उपप्रमुख, वडाका प्रतिनिधि , नगरसभा सदस्य, शुभचिन्तक ,पत्रकार लगायत नगरपालिकाका कर्मचारीहरूको उपस्थिति रहेकाे थियो ।











