धान फल्ने खेत घर घडेरी
युवा सधै खाडीमा बिचल्ली
धान निर्यातक देश नेपाल
बढ्दो कृषि आयतले बेहाल।१।
धान फल्ने खेतका फाटमा
सिमेन्टका ठूल्ठूला संम्रचना
रोप्छौ धान अहिले गमलामा
धान दिबस मनाउछौ तारे होटलमा।२
कषि सधै बजेटको प्राथमिकतामा
कृषिअनुदान बिचौलियाको पोल्टामा
कृषि अभियान्ता सधै गोष्ठिमा
ध्यान सधै डलर खेतीमा।३।
भन्छन शासक कृषिको संभावना
लगाउछन कर कृषि उपजमा
बजारको पहुच न्यून अबस्थामा
कृषि उपज फ्याक्छन रोडमा।४।
धान दिवस सीमित छ नारामा
किसान आशामा होइन निराशामा
मानो रोपेर मुरी फलाउने आशामा
लगानि निष्फल छ राज्यको नीतिमा।५।