२०८० असार १९,
काठमाडौं ।ललिता निवास प्रकरणमा थप २ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सी.आई.बी.) को टोलीले तात्कालीन नायब सुब्बा रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई पक्राउ गरेको छ । ललिता निवास प्रकरणमा हालसम्म ८ जना पक्राउ परेका छन् । ३ जना अदालतको आदेशका कारण पक्राउ परेपछि छुटेका छन् । वि.सं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि उक्त प्रकरणमा सि.आई.बी.ले अनुसन्धान गरिरहेको छ ।