२०८० असार १९। अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले नेपाली किसानका समस्याप्रति सधै लागिरहेको अवगत गराउँदै एक प्रेस विज्ञप्ति जारी गरेको छ। प्रेस विज्ञप्तिकाे मुलभूत सार यस्तो छ—-
प्रेस विज्ञप्ति
हाम्रो महान तथा गौरवशाली संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) नेपाली किसानका समस्याप्रति सधै लागिरहेको अवगत नै छ । अहिले नेपालमा दलाल संसदीय वर्ग नेपाली किसान मजदुरको समस्या हल गर्न छोडेर साम्राज्यवादी र दलाल पुँजीवादको हनुमन्ते बनेको छ । आम नेपाली किसान विभिन्न समस्याले ग्रसित छन् । उनीहरुको समस्या हल हुन सकेका छैनन् । यो राज्य किसानको समस्या हल गरेर देश आत्मा निर्भर बनाउनु भन्दा दलाल साम्राज्यवादीको उत्पादन भित्राएर देशलाई भरनिर्भर बनाउन चाहन्छ । किसानहरु पशुमा बिभिन्न रोग वर्डफ्यु ,स्वमफ्यु, लगाएतका अहिले लम्की स्किृन जस्ता रोगवाट ग्रसित छन्। कृषि क्षेत्रमा समयमा मल, वीउ सिंचाइ छैन, बाढी पहिरोका कारण विस्तापित हुने अवस्था छ भने कृषि पेशाबाट हात धुने अवस्थामा आएका छन् । यसमा यो राज्यको ध्यान गएको छैन उल्टै कानमा तेल हालेर बसेको छ । भने यस्ता रोगको तत्काल संकटकाल घोषणा गरेर महामारी नियन्त्रण गर्नु पर्नेमा मुकदर्शक भएर बसेको छ । यसप्रति हाम्रो संगठनको गंम्भिर ध्यानाकर्षण भएको छ।
अहिले नेपालमा लम्पी स्किन रोग ७१ वटा जिल्लामा फैलिएको हुँदा करिव ४ लाख ४४ हजार पशु संक्रमित भएकाे र २१ हजार पशु मरिसकेका तथ्य सार्वजनिक भएका छन् । यो रोगका कारण मृत्यु हुँदा दुध ,मासुकाे अभाव र पहाडमा खेती लगाउने बेला गोरु विरामी हुँदा किसान ठुलो मारमा परेका छन् । यो रोगले दुध दिने गाईभैसीमा दुधको उत्पादन घट्ने, प्रजनन् समस्या देखा पर्नेदेखि गर्भ तुइनेसम्मका समस्या देखा परेका छन् , यस्तो रोग लागेको पशु एवम् बालिबिरुवामा संक्रमित भएकै कारण किसानहरू पछिसम्म मारमा पर्ने देखिएको छ । आत्मा निर्भर भएको दुधमा संकट आउने अवस्था छ । भने रोगवाट हाल करिव २७.२३ अर्वको क्षेती भैइसके पनि यसलाई रोक्न कुनै पहल भएको छैन । यो रोगलाई महामारी घोषणा गरी, तत्काल खोप तथा औषधी उपलव्ध गर्न, देशैभरी प्राविधि खटाउन रोगबाट क्षेती भएका सम्पुर्ण किसानलाई क्षेपुर्ति व्यवस्था गर्न दिन र रोग लाग्नभन्दा पहिला सम्पुर्ण पशुलाई खोप लगाउन, तत्काल खोप उपलव्ध गर्न माग गर्दछौ। यस्ता रोग भैपरि आइरहने हुँदा कृषि विपतकोष खडा गर्न हाम्रो संगठन जोडदार माग गर्दछ ,अन्यथा देशैभरीका किसान आन्दोलनमा उत्रन बाध्य हुने छन् । हाेइन भने यसको जिम्मेवार सम्बन्धित निकाय स्वयं हुने छ । यसै विज्ञाप्ति मार्फत् जानकारी गराउदछौं। क्रान्तिकारी अभिवादन।मुख्य सार।