२०८० असार २७, काठमाडौँ। नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएको छ ।महासचिव देवप्रसाद गुरुङले शोक वक्तव्य जारी गर्दै दाहालको निधनले अपुरणीय क्षति भएको बताएका हुन्। दाहालले नेपालको कम्युनिष्ट आन्दोलनमा अत्यन्त महत्वपूर्ण र अविस्मरणीय योगदान पुर्याएको पनि उनले उल्लेख गरेका छन् ।विज्ञप्तिमा भनिएको छ, “सिद्धान्तप्रतिको निष्ठा, उन्नत राजनीतिक चेतना, पार्टी, जनता र राष्ट्रप्रतिको निःस्वार्थ एवं असीमित समपर्ण उहाँका विशेषता हुन् । उहाँ आफ्ना योगदान-मार्फत चीरकालसम्म स्मरणीय र भावी पुस्ताका लागि प्रेरणाको स्रोत रहनुहुनेछ ।”विज्ञप्तिको सार यस्तो छ —