२०८० असार २९,हरि श्रेष्ठ। मानिस अरु प्राणी भन्दा बुद्धीजीवी प्राणी भएकाले उसका अवश्यकता पनि धेरै हुन्छन् । उसका महत्व कान्छि पनि धेरै हुन्छ । योसँगै मानिसको एकपछि अर्को परिवर्तनसँगै आवश्यकता पनि बढ्दै गएको छ । ती आवश्यता पुर्ति गर्न ठूला ठूला बलिदानी र संर्घषसँगै नयाँ – नयाँ खोज अनुसन्धान बढाएका देखिन्छन् ,भने स्वार्थ पुर्ति गर्न एक अर्कालाई हस्ताक्षेप गरिएको कार्य पनि बढ्न गएको देखिन्छ । त्यो हस्ताक्षेपले एक थरी राज गर्ने एकथरी गराउने गरी मानिसका दिनचर्या वितिरहेको हुन्छ । यसको अन्त्य हुने खोजी पनि भइरहेको छ । यहि अनुसार विभिन्न समाज निर्माणसँगै वर्ग ,वाद जन्म हुन पुगेको छ ।
जंगली अवस्थामा आफ्नो जीवीका निर्वाहा गर्न मानिस सहज र सजिलो उपाय खोज्न थाल्यो यो सगै मानिसले आफ्नो जीवन निर्वाह गर्न सजिलो र सहज रुपमा चलाउन थाल्यो । मानिस स्वार्थी भयो । सर्वजनिक वस्तु व्याक्तिले कव्जा गर्ने तेरो मेरो भनी भाग लगाउन थाल्यो पहिला भुमी भाग बण्डा हुने क्रम बढ्न गयो भुमी पछि उत्पादनका वस्तु विशेष मानिसका अति अवश्यक वस्तु संकलन गरी गास, वास र कपासको संकलन गर्न थाल्यो । जसलाई जसको संकलन गर्यो त्यो आफ्नो निजि स्वामीत्वमा राख्दै गयो । यस विचमा संकलन गर्ने र नगर्ने दुईभागमा विभाजन भयो । भनिन्छ पहिले मानिसको विकास क्रम कृषिवाट भएको हाे। जसले मानिसलाई कृषि प्रणाली अपनाएपछि उसका लागि वाच्न आवश्यक वस्तु तयार गर्ने व्यक्तिको रुपमा कृषि प्रणालीको विकास भएको मानिन्छ। तर त्यो प्रणालीमा जमिन कव्जा गर्ने र जमिन कव्जा नगर्ने वा उत्पादनको साधनको मालिक हुने र नहुने विच द्वन्द्व हुन जाँदा प्राकृतिक वस्तु कव्जा गर्नेको संख्या बढी भएकाले उनीहरुकाे जमीन नहुनेकाे संख्या कम थियो कम हुने युद्ध हार पछि तिनिहरुलाई काम लगाउन थालियो जसमा दास प्रथाको उत्पति भयो ।
दास प्रथासँगै वर्ग विभाजन हुन गयो । वर्ग विभाजनमा एक काम गर्ने अर्को काम लगाउनेवीच आन्तरिक द्वन्द्व हुन गयो । जसमा दासको रुपमा काम गर्न वोल्न सक्दैनथ्य बोल्यो भने मारिन्थ्य । रिस उठयो भने कृषि औजार भाच्ने काम गर्थे । यहि त्रममा कृषि मजदुरका रुपमा दास काम गर्थे । मालिकका रुपमा जमिदार हुन्थे । जसलाई उसको तनखा हुर्दैन थियो । एक पेट खान उसले मालिकले भनेको काम गर्नु पर्दथ्यो । आफ्ना सन्तानको अधिकार पनि मालिकको हकमा हुन्थ्यो । यसपछि मालिकहरु सेवा सविधा खोज्दै गए नोकरहरु आफ्ना अधिकारको लागि लड्दै जाने क्रममा मालिक राज्य व्यवस्था खडा गरी आफ्नो कव्जा जमाउन थाल्यो । नोकरहरुलाइ प्रजा वनाएर काम लगाउन थाल्यो ।
यस सन्धर्वमा राज्यले आफ्नो निति कानुन, खडा गरी हैकम जमायो यो हैकमसगै काम गर्ने प्रजालाई उत्पादनको आधारमा ट्याक्स लगाउने जमीन माथिको अस्तित्व वा कुनै काम गरेवाफत राज्यलाई कुत तिर्ने प्रवृतिको विकास भयो यहाँ गाउँमा जमीनदारलाइृ मुखिया वैद्यर खडा गर्ने जमिनलाई रैकम र विर्ता वनाएर काम लगउन थालियो । जसमा किसान र जमिनदारवीच द्वन्द्व हुन गयो । काम गर्ने किसानलाई उत्पादक वस्तु दिएर काम लगाउन थाल्यो । उदाहरको लागि एउटा किसानले दिनभरी काम गरेर उसले १ मुरी अन्न उत्पादन गर्ने काम गर्छ भने जमीदारले त्यो किसालाई २ पाथी अन्न दिएर काम लगाउने अरु आफले खाने गर्छ । यसरी श्रमसग वस्तु साटेर समान्तवादको विकास भयो । पछि यसलाई मुद्रामा परिवर्तन गरी राज्य संचालनमा सहयोग दियो । यसपछिको युग भनेको यहि सामान्तवादको जगबाट पुँजीवादको विकाश भएको पाइएको छ । जसमा उत्पादनको सामानलाई औद्योगीकरणमा विकाश गरी उत्पादन वस्तुलाई मुद्रामा परिवर्तन गरी आज श्रम शोषण बढाएको छ । जसमा एउटा मजदुरले फ्याक्ट्रिमा काम गरेर दिनभर २ हजारको माल उत्पादन गर्छ त्यो मजदुरलाई ७०० ज्याला दिएर त्यसवाट आएको मुनाफा उद्योग सञ्चालकले लिने गर्छ , भने उत्पादन मजदुरको ठाउमा नयाँ नयाँ मेशिन खडा गरी मजदुरले एक दिनमा गर्ने काम एक घण्टामा गर्ने र मजदुर वेरोजगरी वनाउने उपभोक्तालाई यही सामान महँगोमा बेच्ने गर्दा पुँजीवादले छुट्टै संकट पर्न गएको छ । यसको विकल्पमा आज समाजवादी क्रान्तिको आवश्यक छ।
यसरी विश्वमा सामान्तवादको गर्भवाट पुँजीवाद जन्म भएको वेला नेपालमा सामान्तवादको गर्भवाट दलाल पुँजीवादको जन्म भएको छ । “ सामन्ती समाजको गर्भवाट पैदा भएको आधुनिक पुँजीवाद समाजको वर्गीय अन्तर विरोधलाई खतम गरेको छैन यसको पुरानो ठाउमा नयाँ वर्गहरुको उत्पीडनका नयाँ तरिकाहरु र संघर्षका नयाँ रुपमा मात्र खडा गरिदिएको छ”( कम्युनिष्ट घोषणा पत्र ) यसै गरी नेपालमा विभिन्न आन्दोलनले सामान्तवाद अन्त्यको लागि संघर्ष भए पनि त्यसको अवशेष बाँकी रहँदा र नयाँ खालको उत्पीडनको जन्म भयो। सामन्तवादको अवशेषमा दलाल पुँजीवादको जन्म भयो । यसले नेपाली जनताले कुनै परिवर्तको अनुभव गर्न सकेनन् उल्टै नयाँ खालको वर्गीय उत्पीडन नयाँ तरिकाबाट शोषण हुन थाल्यो । उत्पादनमा साम्राज्यवादी उत्पादन भित्रिए, जमिनमा जमिदारवाट भुमाफियाको रुपमा शोषण, शिक्षा, स्वास्थ्यमा निजिकरण, चर्को शुल्क, वैक, सहकारीले लघुवित्त, मिटरव्याज र राज्यले केन्द्र, प्रदेश, र संघियको नाममा विभाजन भएर शोषण गर्न थालिएको छ ।
यसको विकल्पमा आजको क्रान्ति भनेको नयाँ जनवादीको कार्यभार पुरा गर्दै वैज्ञानिक समाजवाद नेपालको लागि आजको आवश्यक वन्न गएको छ । नेपालमा कृषि क्षेत्रमा सामान्तवादको अवशेष अझै छ । जसमा जमिनमाथिको स्वामीत्व अझै वढ्न गएको छ । कुत तिर्ने ठेक्का, साझे, बन्धक, अधिया अझै जारी रहेको छ । काम गर्ने किसानसग अझ पनि जमिन छैन जमिदार भुमाफियाले जमिन कव्जा गरेको छ । अफिसहरुमा हाकिमे प्रथा अझै जारी छ । श्रम गर्ने ठाउँमा काम बाँडफाँड र पदको आधारमा तनखा दिने चलन अझै छ । यसले नेपालमा सामान्तवादको अवशेष छ भन्न मिल्छ । यसको लागि नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गर्नु पर्ने अवस्था छ । “सामान्तवादी विरुद्ध लडाई भनेको नयाँ जनवाद प्राप्तको लागि हो यहाँ भुमीहिन किसान, जोताहा किसान, र जमीनदारवीचको अन्तर द्वन्द्व हुन्छ। ” यसको लागि नयाँ जनवादी क्रान्ति आवश्यकता हुन्छ । जहाँ जसको जोत उसको पोत नारा र जमीनको स्वामीत्य जोत्नेलाई दिलाउनु पर्छ । यसले नेपालमा समान्त सत्ता अन्त्य भए पनि यसको अवसेस वाकीछ यी कार्यभार पुरा गनु पर्ने छ । अर्कातिर सामान्तवादी राजसंस्थाको अन्त्यपछि नेपालमा पुँजीवादको जग खडा गर्न दलाल पुँजीवादको जन्म भएको छ । यहाँ भएको उद्योगधन्दा वन्द भएका छ । साम्राज्यवादी उत्पादनले वजार कव्जा गरेको छ । उत्पादन शक्ति विदेश पलायन बनाएर त्यसवाट आएको रेमिट्यान्सबाट देश सञ्चालनमा छ । प्राकृति वस्तु वा उद्योग जमिन, शिक्षा, स्वास्थ्य निजिकरण गरी एउटा व्यापारको रुपमा प्रयोग भएका छन ।
जमिनमा सामान्तवादको जगमा दलाल भुमाफिया जन्मिएको छ भने शिक्षा, स्वाथ्य उद्योगमा निजिकरण मौलाएको छ । वजारमा एकाधिकार पुँजीवाद छ । यसमा विचौलिया तत्व हावी भएको छ । उत्पादनमा साम्राज्यवादी उत्पादन दलाल पुँजीवादी अर्थतन्त्र हावी छ । राज्य सञ्चालकमा दलाल संसदीय व्यावस्था छ । देशमा नवउपनिवेशीक तत्व हावी छ । यी तत्व अन्त्य गर्न नेपालमा समाजवादी क्रान्ति आजको आवश्यकता देखिएको छ । यसको लागि जमिन व्याक्तिको स्वामित्वबाट अलग गर्न वा मानिसलाई जमिनप्रतिको आकर्षण घटाउन “ जमिनलाई राष्ट्रियकरण शहित जन्मजात जमिनको अधिकार” शिक्षामा व्यावसायिक उत्पादन मुलक शिक्षा गठन गर्न एक तहको वा एउटै खालको शिक्षा निजिकरणको अन्त्य शिक्षामा राष्ट्रियकरण, स्वास्थ्यमा निसुल्क स्वाथ्य उपचार वा राज्य कोषमा राजस्व दाखिला मार्फत उपचार प्रणालीको विकाश अथवा उत्पादनमा समुहिकरण, भुमी, शिक्षा, स्वाथ्य राष्ट्रियकरण अवधारण लागु गर्न आजको आवश्यकता छ । यो समाजवादी क्रान्तिले पुरा गर्छ । त्यसैगरी उत्पादन युवा शक्तिलाई रोजगारीको ग्यारेण्टी गर्न उत्पादन वस्तुको बजारीकरण, उत्पादनको आधारमा उद्योग सञ्चालन गर्नु पर्ने देखिएको छ ।
कृषिमा एक वडा एक संकलन केन्द्र एक नगर गाउँपालिका एक स्टोर तयार गरी राज्यले कृषि उपजको उत्पादनको आधारमा मुल्य निर्धारण गरी खरिद गर्ने व्यावस्था गर्नुपर्छ । अर्कातिर नेपालमा सम्भव भएसम्म यहाँको कच्चा पर्दाथलाई आधार हेरेर उद्योग धन्दाको निर्माण गरी युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम, उद्योगमा लगानी युवा शक्तिलाई रोजगारी नाराका साथ साना तथा मझौला, ठुला उद्योग सामुहिकतामा खाेल्नु पर्छ वा “विदेशी सिपको संरक्षण नेपाली युवालाई आरक्षण” भन्ने’ नाराका साथ विभिन्न ठाउँबाट सिप सिकेर आएका सिपको मुल्याङकन गरी लगानी गर्ने स्वदेशी लगानीकर्तालाई स्वदेशी पुँजीमा राजस्व छुट लगानीको संरक्षण गरी उद्योग खोल्न प्रोत्साहन गर्नु पर्छ । उत्पादन वस्तुको राज्य वजार व्यावस्थापन मिलाउन सक्नुपर्छ । लगानीमा सामुहिककरणको विकाश गरी उद्योगमा उद्योगीको लगानी सँगै कामदारको पनि लगानी हुनु पर्छ । उत्पादनको हिस्सा लगानीकर्ता र कामदारले पनि पाउने प्रवृति गरी नेपाललाई आत्मनिर्भर गराउन सकिन्छ । यसको लागि नयाँ जनवादी क्रान्तिको कार्यभार पुरा गरी वैज्ञानिक समाजवादी क्रान्ति सत्ताको लागि आजको अवश्यकता देखिएको छ ।