२०८० असार ३१,
काठमाडौँ।बूढानीलकण्ठ वडा नं ०२ स्थित सार्वजनिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ मोडल कम्युनिटि एकेडेमी (BMCA) विद्यालयले माध्यमिक शिक्षा परिक्षा (SEE) परिक्षा २०७९ मा उत्तीर्ण ३६ जना विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएर सम्मान गरेको छ ।
प्रधानाध्यापक मोहन प्रसाद भट्टले बताए अनुसार विद्यालयले २०७९ को परिक्षामा १०० प्रतिशत उत्तिर्ण संख्या सहित उत्कृष्ट नतिजा हाँसिल गर्न सफल भएकोमा, ३.९२ जिपीए सहित किरण सोतिले विद्यालयको नाम उच्च राखे भने परिक्षामा सम्मिलित १२ जनाले ३.६ भन्दा माथि जीपीए ल्याउन सफल भएका छन् ।त्यस्तै ११ जनाले ३.२ जिपीए देखी ३.६ जिपीए, ८ जनाले २.८ जीपीए देखी ३.२ जिपीए र ५ जनाले २.४ जिपीए देखी २.८ जिपीए ल्याएको प्रधानाध्यापकले बताए ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी देवी तामाङले विद्यार्थीहरुको सफलतालाई बधाई दिँदै आगामी भविष्यमा उत्तरोत्तर प्रगतीको कामना गरेकि थिइन । कार्यक्रममा उपस्थित विद्यालयका संस्थापक गुठीयार एवं भुतपूर्व नगर प्रमुख उद्धव प्रसाद खरेलले उच्च शिक्षाका लागि रुची र दक्षताका आधारमा विषय छनोट गर्न सुझाव दिएका थिए। साथै उक्त बधाई एवं शुभकामना आयोजित कार्यक्रममा गुठीयार एवं निवर्तमान नगरप्रमुख उद्धव प्रसाद खरेल, गुठीयार बासुदेव थापा, वडा नं ०१ सदस्य बुद्धिमान तामाङ, विद्यालय व्यवस्थापन समिति अध्यक्ष लक्ष्मी देवी तामाङ, विद्यालय प्रधानाध्यापक मोहनप्रसाद भट्ट लगायत विद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।