ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

जयनगरदेखि-भङगाहसम्म रेलसेवा विस्तार


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२०८० साउन ०१,काठमाडौँ।महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएला जस्तो लागेको थिएन। तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालि नसक्ने थियो।’हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन। आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ। त्यही रेल चढेर भङ्गाह देखि जनकपुर पुग्दा त खुसीको सीमा नै छैन। कसरी व्यक्त गरूँ?’, साहले भने।

उनका अनुसार २१ वर्षअघि जयनगर देखि भङ्गाह विजलपुरा सम्म रेल चलिरहेको थियो। त्यही रेलमा सो क्षेत्रका स्थानीयवासी जनकपुर र जयनगर सम्म यात्रा गर्थे तर रेल र रेल गुड्ने लिक तथा विगिही पुल भत्किएपछि सो सेवा अवरूद्ध भयो।‘रेल बन्द भएपछि यतिका वर्षसम्म जनकपुर आउन पनि हामीलाई धेरै गाह्रो भएको थियो। जनकपुर पुग्न घन्टौं लाग्थ्यो। अब रेल सञ्चालन भएपछि ३० मिनेटमै जनकपुर आवतजावत गर्न सहज हुने भयो। त्यसैले हाम्रो क्षेत्रका नागरिक निकै हर्षित छौं’, साहले भने।

त्यसैगरी भङ्गाहकै ६० वर्षीया बेचनी थरुनीले पनि जीवनको उत्तरार्धमा फेरि आफ्नै आँगनमा रेल देख्न पाएकामा खुसी व्यक्त गरिन्।उनले भनिन्, ‘हो बौवा हमई नई लागल्छलकि अई उमर मे रेल देख पाइब, लेखिन आई अपने आँगनमे रेल देख्के बुझाइए कि हम् स्वर्ग देखरहल छि। आब बहुत जल्दी वही रेल चहड क जानकी मैया के दर्शन करबाक इच्छा अई (यो उमेरमा फेरि रेल हेर्न पाइला भनेर सपनामा पनि सोचेकी थिइनँ तर आज आफ्नै आँगनमा रेल हेर्न पाएकामा ज्युँदै स्वर्ग देखेजस्तो लागिरहेको छ। अब त्यही रेल चढेर जानकी माताको दर्शन गर्न जनकपुर पुग्ने इच्छा छ)।’

साह र थरुनी मात्रै होइन, भङ्गाहमा २१ वर्षपछि रेल देख्दा स्थानीयवासी निकै हर्षित छन्।त्यसैले आसपासका गाउँबाट समेत ट्र्याक्टर, मोटरसाइकल र निजी सवारी साधनमा हजारौं मान्छे रेल हेर्न आएका थिए। त्यहीबीचमा संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले झण्डा हल्लाएर रेललाई जनकपुरका लागि बिदाई गरेपछि स्थानीयवासीले पनि हात हल्लाएर खुसी व्यक्त गरे।

ADVERTISEMENT

त्यसअघि रेलसेवा शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्वालाले जयनगर देखि जनकपुर कुर्थासम्म ३५ किलोमिटरमा रेल सञ्चालन हुँदै आएकामा अब थप १७ दशमलव तीन किलोमिटर सहित ५२ दशमलव तीन किलोमिटर लामो दूरीमा सेवा सञ्चालन हुन लागको बताए।उनले गत जेठ १८ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको उच्चस्तरीय भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री दाहालले संयुक्तरूपमा यो खण्डको भर्चुअल उद्घाटन गरेअनुसार रेल सञ्चालन भएको बताए।।

‘हामी भारत सरकारको रु १२ अर्बको अनुदान लागतमा बनेको यो खण्डमा रेल सञ्चालन गर्दैछौं। त्यसका लागि म भारत सरकार र त्यहाँको जनताप्रति आभार व्यक्त गर्न चाहन्छु। प्रधानमन्त्री दाहालको भारत भ्रमणकै बेला कुर्था–विजलपुरा यात्रुबाहक रेलसेवा र भारतको बथनाहा देखि नेपालको विराटनगरसम्म मालबाहक कार्गो सेवा सञ्चालनका लागि एकैसाथ उद्घाटन भएको हो। अहिले यो खण्डमा रेलसेवा सञ्चालन भइसक्यो, अब बथनाहा–विराटनगर खण्डको प्रक्रिया सुरू भइसकेको छ। चाँडै कार्गो सेवा पनि सञ्चालन गर्नेछौं’, मन्त्री ज्वालाले भने।

यसअघि न्यारोगेज रेलसेवा सञ्चालन भएको ठाउँमा अब ब्रोडगेज सेवा सुरू भएको भन्दै मन्त्री ज्वालाले यसले यातायात क्षेत्रमा ‘ब्रेकथ्रु’ को काम गर्ने बताए। त्यसैगरी नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले दोस्रो चरणमा विजलपुरा सम्म रेलसेवा विस्तार गरिएको र जग्गाको मुआब्जा विवाद समाधान भएमा चाँडै तेस्रो चरणमा भङ्गाह विजलपुराबाट बर्दिवास सम्मको रेलवे पूर्वाधार निर्माणको काम सुरू हुने बताए।

कार्यक्रममा भारतीय राजदूतावासका डिसिएम प्रसन्न श्रीवास्तवले नेपालका प्रधानमन्त्री दाहालको भ्रमणका क्रममा भएको सम्झौता अनुसार रेलसेवा विस्तार भएको र यसले नेपाल–भारतको सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। विगत १५ महिनादेखि भारतको जयनगरबाट धनुषाको जनकपुरधाम कुर्थासम्म रेलसेवा सञ्चालनमा थियो।वि.सं २०७८ चैत १९ गतेदेखि सञ्चालनमा आए पनि सुरूमा एकपटक जनकपुरबाट जयनगर जाने र आउने सेवा दिँदै आएको रेल गत वर्ष मङ्सिरमा विवाह पञ्चमीको बेलादेखि दिनको आउनेजाने गरी चारपटक सेवा दिइरहेको छ। आज भङ्गाहसम्म सेवा विस्तार भएसँगै भोलिदेखि थप सेवा विस्तार गरी दैनिक दुवै रेल तीनपटक आउने र जाने सेवा प्रदान गरिने महाप्रबन्धक झाले बताए। यद्यपि भङ्गाहा स्टेसनमा दिनको एकपटक मात्र बिहान जाने र साँझ फर्किने गरी सेवा प्रदान गर्ने झाले जानकारी दिए। स्रोत : रासस।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

नेपाल प्रहरीमा आवद्ध टेबलटेनिस खेलाडी सम्मानित

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

उद्यमशीलता र उद्यमी एक अर्काका परिपूरक हुन्

बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

बुटवल–नारायणगढ सडकखण्ड अवरुद्ध

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host