२०८० साउन ०२,काठमाडौं। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथमा १४८औं समूहको ट्राफिक नियन्त्रण तालिम सञ्चालन भएको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले सोही कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच उक्त तालिमको उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक भट्टले सडकमा सवारी साधनको सहज आगमन र दुर्घटना न्यूनीकरण गर्नलाई आवश्यक ऐन र कानुन प्रयोग गर्ने सम्बन्धमा व्यावसायिक ज्ञान, सीप, कौशल तालिममा प्रदान गरिने बताउनुभयो । अन्य सरोकारवाला निकायहरूसँगको समन्वय लगायतका विषयमा ज्ञान दिइने यस प्रशिक्षणमा प्रशिक्षार्थीहरूले बढीभन्दा बढी उत्सुक भई तालिम हासिल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै ४५ दिन कार्य अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी साहयक हवल्दार १० जना र प्रहरी जवान २९ जना गरी कुल ४० जना प्रशिक्षार्थीहरु सहभागी रहेको जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालय।