२०८० साउन ०९,काठमाडौं । भारतले निर्या’तमा प्र’ति’बन्ध लगाएपछि चामलको भाउ दशककै उच्च पुग्ने खतरा उत्पन्न भएको छ । भारत विश्वको सबैभन्दा ठूलो चामल निर्यातकर्ता मुलुक हो । यसले चामलको अधिकांश निर्यातमा प्रतिबन्ध लगाएपछि खराब मौसम र युक्रेनमा ब’ढ्दो द्वन्द्वका कारण प्रभावित विश्व खाद्य बजारमा थप तनाव निम्तिने देखिएको छ । यसबाट चामलको भाउ आकाशिने निश्चित रहेको ब्लुमबर्गले रिपोर्ट गरेको छ ।छोटो अवधिमा मूल्य निश्चित रुपमा बढ्ने र यो कति माथिसम्म जान्छ भन्ने प्रश्न मात्र रहेको थाई चामल नि’र्या’त’क’र्ता संघका मानार्थ अध्यक्ष चोकियाट ओफासवाङ्सेले बताएका छन् । चामलको भाउ क्रमशः बढ्दै जाने नभई ह्वात्तै माथि लाग्नसक्ने उनको भनाई छ । चामल ए’सि’या र अफ्रिकाका अरबौं जनसंख्याको प्रमुख आहारको रुपमा रहेको छ ।
चामलको मूल्यमा भएको वृद्धिले मुद्रास्फीतिको दबाब थप्नेछ भने खरिदकर्ताहरुको आयात लागत बढाउनेछ ।भारतले आन्तरिक मूल्य नियन्त्रण गर्न भन्दै गैर–बासमती सेतो चामलको निर्यातमा प्रतिबन्ध लगाएको छ । असामान्य उच्च तापक्रम जनाउने ‘एल निनो’ मौसम, यु’रो’प’मा बढ्दो तापक्रम र युद्धका कारण अवरुद्ध युक्रेनी निर्यात सुविधाले खेतीजन्य आपूर्तिमा प्रभाव पर्नसक्ने देखिएपछि भारतले यो कदम चालेको हो ।
यसका कारण एसियामा चामलको मूल्य चाँडै नियन्त्रण बाहिर जान सक्ने चिन्ता थपिएको विज्ञहरुले बताएका छन् । यता, भि’य’त’ना’म’ले सेतो चामलको मूल्य बढाएर प्रतिटन ६०० डलर पुर्याइसकेको छ । थाइल्यान्डले पनि सोही अनुसार मूल्य तय गरेमा थाई चामलको भाउ सन् २०१२ यताकै उच्च हुनेछ । हाल थाइल्यान्डले सेतो चामलको भाउ प्रतिटन ५३४ डलर तय गरेको छ ।भारतको निर्यात प्रतिबन्धबाट एसियाली र अफ्रिकी आयातहरु कत्तिको प्रभावित हुनेछन् भन्ने कुरा प्रतिबन्धको अवधिमा निर्भर हुने र यी देशहरुले आयातका लागि प्रयोग गर्ने कूटनीतिक माध्यममा भर पर्ने संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अ’र्थ’शा’स्त्री शर्ली मुस्तफाले बताएका छन् ।
नेपालमा भारतसहित इन्डोनेसिया, भियतनाम, फिलिपिन्स, चीन, संयुक्त राज्य अमेरिकालगायत देशहरुबाट ठूलो प’री’मा’ण’मा धान तथा चामल आयात हुने गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । जसका कारण नेपालमा पनि चामलको भाउमा असर पर्नसक्ने देखिन्छ । भान्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७९–८० मा ७५ करोड ६३ लाख ९३ हजार रुपैयाँको १ हजार ८८३.०८ टन धानको बिउ आ’या’त भएको छ । यस्तै, १९ अर्ब ९९ करोड ४४ लाख १३ हजार रुपैयाँको ५ लाख ५५ हजार ८६९.४९ टन धान आयात भएको छ । साथै, ३.९१ टन खैरो चामल आयात भएको छ । यता, ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँको ५० हजार ८०० टन बासमती चामल, १० अर्ब ७९ करोड ६९ लाख रुपैयाँको १ लाख ७४ हजार २४१ टन अन्य चामल, २८ करोड ५६ लाख रुपैयाँको ८ हजार ९३३ टन टुक्रा चामल आयात भएको विभागको तथ्यांकले देखाएको छ । साथै, ३३ टन धानको भुजा र २६५ टन चिउरा आयात भएको छ ।