२०८० साउन १० काठमाडौँ।जाल्पा सामुदायिक लघु’वित्त र किसान लघुवित्त एक-आपसमा गाभिने भएका छन् । यी दुई कम्पनीले मंगलबार ‘साउन ९ गते’ मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर भएसँगै दुवै कम्पनीले आफ्ना आधारभूत सेयर धनीहरुको सेयर कारोबार रोक्का गरिदिन नेप्सेलाई पत्र लेखेका छन् । बुटवलमा रजिष्टर्ड कार्यालय रहेको जाल्पा’को हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको छ । यस्तै, कैलालीको लम्बी’चुहामा रजिष्टर्ड कार्यालय रहेको किसान लघुवित्तको चुक्ता पुँजी ४७ करोड १३ लाख ७० हजार रुपैयाँ छ । यी दुई कम्पनीको मर्जरका लागि सेयर स्वाप रेसियो सम्पति तथा दायित्व मूल्यांकन प्र’ति’वेदन’का आधारमा कायम हुनेछ ।