२०८० साउन १६, काठमाडौँ। कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको सिरीज ‘मिस स्कार्लेट’ को ट्रेलर सार्वजनिक भएको छ । सा’इ’को’लो’जि’क’ल थ्रिलर सि’रि’ज’को पहिलो सिजन ४ ए’पि’सो’ड’को हुनेछ र प्रत्येक एपिसोड ४५ मिनेटको हुनेछ । यसलाई नेपाली, हिन्दी र अंग्रेजी भाषामा तयार गरिएको छ ।
वीरगन्जमा छायांकन गरिएको यस सिरीजका लेखक तथा निर्देशक बलिराम चौहान हुन् । सिरिजमा गीत विष्ट, कुल श्रेष्ठ, कमल ओझा, आलिसा बास्तोला, कपिल रसाइली, सबी थापा, सुमित्रा अधिकारी, दिलिप नेपालको अभिनय छ ।
प्रकाश पुरी क्रिएटिभ प्रोड्युसर रहेको सिरिजमा शेरबहादुर तामाङको छायांकन छ । यसै सिरिजबाट गीत, कुल र कमलले डेब्यू गरेका हुन् । नेपालको लागि तयार पारिएको यो सिरिज ओटीटी प्लाटफर्म कान्तिपुर सिनेमाजबाट भदौ महिनामा रिलीज गरिनेछ । अन्तर्राष्ट्रिय ओ’टी’टी प्लेट’फर्म’मा पनि हिन्दी र अंग्रेजी भाषामा रिलिज हुनेछ ।यस सिरिजको ट्रेलर ओ’टी’टी प्लाटफर्म कान्तिपुर सि’ने’मा’जको घोषणा कार्यक्रममा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ । विश्व भरिबाट जुनसुकै डिभाईसमा पनि अनलाईन सब्सक्रिप्सन लिएर हेर्न मिल्ने बताईएको छ ।
सार्वजनिक सिरिज टिजर हेर्दा सिरिजको कास्टिङ र लाईन अप पनि नेपाली ओ’टि’टी’को लेभल र कन्टे’न्टहरुको गुणस्तर राम्रै रहेको देख्न सकिन्छ । ईनिसीयल फेजमा न्युनतम ४८ घण्टाको प्रि’मी’य’म कन्टे’न्ट’बाट प्लेटफर्म सार्वजनिक गरिने र सबै कुराको तयारी पश्चात केही दिनमै प्लेटफर्मको औपचारिक रुपमा घोषणा गर्ने कान्तिपुर सिनेमाजको योजना छ ।