२०८० साउन २२, काठमाडौँ। नागढुंगा–नौविसे सुरुङमार्गको रेस्क्यू टनेल (उद्धार सुरुङ) को आज सोमबारबाट ‘ब्रेक थ्रु’ हुँदैछ । २०७६ कात्तिक ४ गते सुरुङको शिलान्यास भएको थियो । ‘रेस्क्यू टनेल’ सोमबार खनि सकिने भएको छ । आइतबार दिउँसोसम्म एक मिटर मात्र खन्न बाँकी रहेको थियो।
आज दिउँसो भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला पुगेपछि रेस्क्यू टनेलको ‘ब्रेक थ्रु’ हुने सडक विभाग, विकास सहायता समन्वय महा-शाखाका प्रमुख डा विजय जैसीले बताए । साढे २ किलोमिटर लम्बाइ रहेको नागढुंगा–नौविसे सुरुङ मार्गको ‘रेस्क्यू टनेल’ सँगै मुख्य सुरुङको काम पनि अब १८% मात्र बाँकी रहेको छ । २.६ किमी लम्बाइ रहेको मुख्य सुरुङ अब ५०६ मिटर खन्न बाँकी रहेको आयोजनाले जनाएको छ ।