२०८० साउन २३ भरतपुर। नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ । दुई ठाँउको पहिरो पन्छाएपछि सडक एकतर्फी सञ्चालनमा आएको हो । आज बिहान करिब ५ बजेको समयमा इच्छा कामना गाउँपालिका–६ कालिखोला नजिक माथिबाट लेदो सहितको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।
सो पहिरो आएको केही समयपछि पाँच सय मिटर नजिकमा रहेको टोपे खोलामा पनि पहिरो गएको थियो । दुवै ठाँउको पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवका प्रमुख रामेश्वर कार्कीले जानकारी दिए । दुईतर्फी सडक सञ्चालनका लागि सडक डिभिजन कार्यालयको एक्सा-भेटर प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको उनले बताए ।
सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी साधन र यात्रुहरु गन्तव्यतर्फ लागेका छन् । नारायणगढ–मुग्लिन सडक खण्ड पटक–पटक अबरुद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् । यो सडकखण्ड राजधानी काठमाण्डौं र पोखरा सहरलाई तराईसँग जोड्ने मुख्य राजमार्ग हो । रासस।