राजन थापा।
साउन,२८ तारकेश्वर । काठमाण्डौको तारकेश्वर नगरपालिका वडा नं १ स्थिति माइक्रो पार्क देखि पिपलबोट सम्म बाटो, कुलाे सरसफाई अभियान चलेको छ ।२७ गते शनिबारका दिन स्थानीय युवा स्वयंसेवक ,जनप्रतिनिधी , पत्रकार, महिला समुह, भजण मण्डल, समाजसेवी , अभियन्ता, प्रहरी, वुद्धिजीवी लगाएतका विभिन्न संघ-संस्थामा आबद्ध सहभागीहरुको अगुवाईमा सरसफाई अभियान सञ्चालन गरिएको हो । साथै यसमा सामाजिक अभियन्ता महेश जंङ कुँवरले पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दै यो अभियान लाई साथ दिएका थिए।
सञ्चारकर्मी एवम् अभियन्ता राजन थापाले बताए अनुसार- हाल देशव्यापी रूपमा फैलिएको डेंगु नियन्त्रणलाई हतोत्साहित गरी, स्वच्छ र सङक्रमण रहीत वातावरण बनाउन सो अभियान सञ्चालन गरेको जानकारी दिए।
थापाका अनुसार सो नगरका स्थानीय जनप्रतिनिधी अच्युतराज कुँवरको अध्यक्षतामा र प्रहरी- सहायक निरिक्षक सहित ७०/८० जना भन्दा बढीको जन-सहभागितामा सरसफाई कार्यक्रम सुरु गरेको दिब्य न्युज डटकम मा जानकारी गराए।