ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

देउरालीले बचतकर्ताहरुलाई बाँड्यो ५४ करोडको घडेरी, बचतकर्ताको बचत फिर्ता गर्न ३४ करोड बाँकी


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

११ भदौ,काठमाण्डौ । सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको देउराली बहुद्देश्यीय सहकारीले ठुला बचतकर्तालाई ५४ करोड बराबरको १६४ वटा घडेरी पास गरि दिएको छ । सहकारीले २०८० साल भदौ ८ गते तेश्रो चरणको घडेरी वितरण कार्य सम्पन्न गरेको संस्थाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

२ बर्षदेखि आर्थिक समस्यामा परेको सहकारीले करिब ७ अर्ब ४० करोड बचत रहेकोमा ६ अर्ब ७० करोड नगद र ५४ करोड जग्गा गरी ७ अर्ब १४ करोड फिर्ता गरिसकेको बताएको छ । अब बचतकर्ताको फिर्ता गर्न बाँकी रकम ३४ करोड र सोको ब्याज मात्र रहेको सहकारीले सो रकम समेत छिट्टै वितरण गरिने बताएको छ । ललितपुरमै थुप्रै सहकारी समस्याग्रस्त परिरहेको बेला आफुहरुले छिट्टै सहकारीलाई समस्यामुक्त गराएर देशकै उदाहरणीय बन्ने अध्यक्ष चौँलागाइले बताएका छन् ।

ओरियन्टल र सिभिलपछीको देशकै ठुलो सहकारीमध्ये एक देउरालीले आर्थिक मन्दी र अनेकन समस्याहरु माझ पनि सहकारीको समस्या हल गर्दै लगेको हो । सहकारीमा समस्या परेपछि देशै छोडेर भाग्ने, गायब हुनेहरुको संख्या धेरै भएका बेला चौँलागाइले सहकारीलाई प्राथमिकता राखी सबैको बचत फिर्ता गने उदाहरणीय कार्य गरिरहेका छन् ।  ३८ बर्षको उमेरमै बेग्लै ब्यवसायिक छवि बनाएका चौँलागाइले सहकारीलाई समस्याग्रस्तबाट मुक्त गराइ उदाहरणीय बनाउने काममा लागेका हुन् । रविन्द्र चौँलागाई सहकारी क्षेत्र भन्दा ब्यवसायिक क्षेत्रबाट चिनिने नाम हुन् । उनले आयात निर्यात, घरजग्गा, कृषि, शेयरबजार, लिक्वयर जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएका छन् । सबै क्षेत्रलाई थाती राखेर करिव एक बर्षदेखि उनी देउरालीका बचतकर्ताको बचत फिर्ता गर्न निरन्तर लागि परेका छन् ।

आफ्नो संस्थाको संचालकको नाममा रहेको सम्पति, घरजग्गा, गाडी, सुनचाँदी बेचबिखन गरेको र बैंकले आफनो ब्यवसायमा लगानी गरेको करिव ५ अर्ब नगद गरी ६ अर्ब १४ करोड बचतकर्तालाई नगदै फिर्ता गरेका छन् । त्यसैगरी ललितपुर चापागाउँको ३३ वटा घडेरी, सुनसरी इनरुवाको २३ वटा घडेरी, नवलपरासी बर्दाघाटको ६४ वटा घडेरी, नवलपरासी रजरको ५५ वटा घडेरी गरी १६४ वटा घडेरी बचतकर्तालाई फिर्ता गरेका हुन् । अब छिट्टै अरु पनि घडेरी पास गरि देउरालीले बचतकर्ता दिने बताएको छ ।

ADVERTISEMENT

बाँकी बचतकर्ताहरुलाई विभिन्न निकायमा उजुरी बाजुरी गरेर दुख नदिइ धर्यता गर्न सहकारीले अनुरोध समेत गरेको छ । त्यसरी उजुरी बाजुरी गर्नेहरुलाई पनि सो फिर्ता गरी जग्गा लिइ आफनो बचत सुरक्षण गर्न अनुरोध गरेको छ । आर्थिक मन्दीको बेला नगद दिन कठिनाइ भएकाले विभिन्न क्षेत्रका उचित मुल्यका घर घडेरी लिइ बचत सुरक्षण गर्न देउरालीले अनुरोध गरेको हो ।

अध्यक्ष चौँलागाइले बैंक तथा वित्तिय संस्थाहरुलाई देउरालीको बचतकर्ताको बचत फिर्ता सम्पुर्ण रुपमा नभएसम्म लिलाम बढाबढका काम अघि नबढाउन अनुरोध गरेका छन।सोको लागि आफुले राष्ट्र बैंकलाई समेत पत्राचार गरेको अध्यक्ष चौलागाइले बताएका छन् । उनले सहकारीबाट ऋण लिएकाहरुलाई, संस्थाको पैसा अपचलन गरेका कतिपय कर्मचारीहरुलाई र  मिटरब्याजमा पैसा असुलेकाहरुलाई समेत रकम फिर्ता गर्न अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

आजकाे माैसममा यी क्षेत्रमा फेरबदल हुने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host