काठमाण्डौ । २०८० साल असार १२ गते देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाइँले आफु र आफ्ना संस्था डुबाउन भुमिका खेल्ने मिटरब्याजीहरु विरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्धा दर्ता भए लगत्तै छानविन सुरु भएको थियो । सोसँगै ३ जना मिटरब्याजीले चलन चल्तीको ब्याज भन्दा माथीको नगद र धितोमा राखेको घरजग्गा, गाडी फिर्ता गरेको पिडित चौलागाइँले बताएका छन् । बाँकी रहेका १२ जना मिटरब्याजीहरु सम्पर्कमा नआएको उनले सुनाए । जिप्रका ललितपुरले सम्पर्कमा आउन भनेपनि नआएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा उनीहरु सम्पर्कमा नआएको बारे प्रशासनले जानकारी पत्र पठाएको छ । सो पत्र पठाएको बारे मिटरब्याज पिडित रविन्द्र चौलागाइँले बताएका छन् ।
चौलागाँइले मुद्धा हालेका मिटरब्याजीहरुमा सिताराम राउत, विवेक केसी, आशिष प्रधान, रवी मर्हजन, रुविन मर्हजन,सुमन मर्हजन, मोहन घिमिरे, सञ्जय अधिकारी, विशाल नारायण भारी, भावना भारी, कमला खत्री, मञ्जु भण्डारी, हितेश केसी, र अविनाश कार्की (जनप्रिय सहकारी अध्यक्ष ) लगायत रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रमा उल्लेख छ । उनीहरुले मिटरब्याजमा पैसा लगाएको पुष्टि भएपछि र सर्म्पकमा नआएपछि जिप्रकाले प्रहरी कार्यालयमा पत्र पठाएको बताइएको छ । मिटरब्याजीहरु सम्पर्कमा नआएपछि र बारम्बार फोन गर्दा समेत उपस्थीत नभएको कारण जिल्ला प्रशासनले उनीहरु विरुद्ध प्रहरी कार्यालयमा पत्र पठाएको चौलागाइँले बताए ।
मिटरब्याज सम्बन्धी कानुन बनेपछि आफनो अतिरिक्क्त रकम खाएकाहरुबाट रकम फिर्ता हुने आशा पलाएको चौलागाइँले बताएका छन् । सो रकम फिर्ता भएपछि सहकारीका साना बचतकर्ताहरुको बाँकी रहेको निक्षेप फिर्ता गर्ने योजना रहेको उनले सुनाए।