३० भदाै,काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शुक्रबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मुल्य बढाएको हो । जसमा पेट्रोल लिटरको १ रुपैयाँ तथा मट्टीतेल र डिजेलमा ३ रुपैयाँ मूल्य बढाएको आयल निगमले जनाएको छ ।
मुल्य वृद्धि सँगै बजारमा एक लिटर पेट्रोलको मुल्य रु.१८३ रुपैयाँ पर्छ भने मट्टीतेल र डिजेलको मुल्य रु.१७३ रुपैयाँ पुगेको छ । आइओसीबाट मूल्य बढेर आएपछि सोही अनुसार भाउ समायोजन गरिएको निगमको जनाएको छ । ग्याँस तथा हवाई इन्धनको मूल्य यथावत् रहेको छ। मुल्य वृद्धिकाे निगमकाे प्रेस विज्ञप्ति अनुसारकाे मुल्य सुची यस्तो छ -: