ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

विविध घटना सँग सम्बन्धित दाेषीहरु पक्राउ


ADVERTISEMENT

दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित छ जना पक्राउ

काठमाडौं, ३० भदौ। टोखा नगरपालिका-५ स्थित सुनकोशी क्याफेबाट दुर्लभ वन्यजन्तु सुनौलो रङको कछुवासहित ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे पनौती नगरपालिका-१० बन्थली घर भएका ३२ वर्षीय जयराम घिमिरे, सोही नगरपालिका-८ घर भएका ४२ वर्षीय नारायण थामी, सोही नगरपालिका-४ घर भएका २८ वर्षीय रूपक बस्नेत, काभ्रे नमोबुद्ध नगरपालिका-२ पातले गाउँ घर भएका २६ वर्षीय रहर तामाङ, काभ्रे नमोबुद्ध नगरपालिका-३ घर भएका ४६ वर्षीय सुदर्शन तामाङ र उदयपुर त्रियुगा नगरपालिका-१३ घर भएका ३८ वर्षीय राजकुमार राई रहेका छन् । 

टोखा नगरपालिका-५ स्थितमा अवैध रूपमा सुनौलो रङको कछुवाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त कछुवासहित फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको छ ।

हत्या गरेको अभियोगमा पक्राउ

रौतहट नगरपालिका-५ सपहिमाई मन्दिर बस्ने ३२ वर्षीय सुनिल यादवको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय बद्रि साहलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँ बस्ने ५० वर्षीय रामबाबु साहलाई सुनिलको छोराले जिस्काएको, धुलो माटो छर्किदिएको विषयलाई लिएर विवाद हुँदा रामबाबु साहको छोरा बद्रि साहले धारिलो हतियार प्रहार गर्दा गम्भीर घाइते भएका सुनिलको प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कटहरिया र ईलाका प्रहरी कार्यालय गरूडाबाट खटिएको प्रहरीले बद्रिलाई पक्राउ गरेको हो । साथै थप अनुसन्धानको लागि उक्त झै-झगडामा संलग्न रामबाबु समेत ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

अवैध लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध एम्फेटामाइन जस्तो देखिने पदार्थ २ ग्रामसहित रौतहट राजपुर फरहदबा नगरपालिका-४ घर भएका ३७ वर्षीय शेख मालिकलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले सर्लाहीदखि काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख २४१६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

मोरङ, बेलबारी नगरपालिका-११ स्थित केसलिया पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित सोही नगरपालिका-४ त्रिबेणी चोक बस्ने २३ वर्षीय अनुप राईलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

उदयपुर, रौतामाई गाउँपालिका-७ देवाने बस्ने ५२ वर्षीय टेक बहादुर मगरलाई अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगम चोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

धादिङ, धुनिवेशी नगरपालिका-७ नौविसेस्थित सडकबाट अवैध लागूऔषध गाँजाको धुलो जस्तो देखिने पदार्थ करिब १४ केजीसहित थाक्रे गाउँपालिका-३ मसिनोडाँडा बस्ने २४ वर्षीय गणेश तामाङलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । महादेववेशीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०२-०३३ प ७२७१ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा चालक तामाङको साथबाट उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

दाङमा। ६५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शान्तिनगर गाउँपालिका-१ बनखेत बस्ने ५३ वर्षीय कुल बहादुर बिकलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ADVERTISEMENT

बिकले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

छुट्टाछुट्टै सवारी दुर्घटनामा छ जनाको मृत्यु

दैलेख, दुल्लु नगरपालिका-२ आपकोरूख दुल्लुस्थित भित्री सडकमा लु.३ त ९६९४ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा चालक सोही नगरपालिका-२ पाली बस्ने २५ वर्षीय धर्म महतको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य २ जनाको दुल्लु अस्पतालमा उपचार भइरहेको छ ।

रौतहट, फतुवा विजयपुर नगरपालिका-५ सन्तपुर चोकमा ना.५ ख ३४५१ नम्बरको ट्रकले ना.५१ प ४९४१ नम्बरको मोटरसाइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही नगरपालिका-१ घुसुकपुर बस्ने ३५ वर्षीय उमेश राय यादवको घटनास्थलमै मृत्यु भएको छ । सोही विषयलाई लिएर स्थानीय बासिन्दाले ढुङ्गामुढा गर्दा घाइते भएका ट्रक चालकको विजयपुरस्थित नेशनल हस्पिटल हुँदै नेशनल मेडिकल कलेज वीरगंजमा प्रहरीको निगरानीमा उपचार भइरहेको छ । 

ADVERTISEMENT

धनुषा, धनुषाधाम नगरपालिका-६ मालटोलस्थित सडकमा बागमती प्रदेश ०१-०२७ च ०३८९ नम्बरको पिकअप गाडीको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरूषको गएराति मृत्यु भएको छ । ठक्करबाट गम्भीर गाइते भएक उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको  छ । 

ADVERTISEMENT

कपिलवस्तु, कपिलवस्तु नगरपालिका-६ निगाली चोकमा लु.२७ प २९०९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-९ रामापुर बस्ने ५० वर्षीय कन्हैया यादवको शुक्रबार बेलुकी मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-९ घुमाउने डाँडास्थित सडकमा ना.८ ख ३७६ नम्बरको ट्याङकरले बा.प्र.०२-०३१ प ५९७६ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक पाँचपोखरी थाङपाल गाउँपालिका-१ बासखर्क बस्ने २७ वर्षीय समिर तामाङ र मोटरसाइकलमा सवार मेलम्ची नगरपालिका-११ जरायोटार पाण्डेगाउँ बस्ने २७ वर्षीय नबिन पाण्डेको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  दुर्घटनाका लगायत सम्पुर्ण घटनाकाे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

प्रहरी महानिरीक्षक दान बहादुर कार्की दर्ज्यानी चिन्हबाट सुशोभित

जन अपेक्षा अनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सबैको सामूहिक प्रयत्न आवश्यक प्रहरी महानिरीक्षक दान बहादुर कार्की

जन अपेक्षा अनुरूप सेवा प्रवाह गर्न र आपराधिक तत्वहरूलाई निस्तेज गर्न सबैको सामूहिक प्रयत्न आवश्यक प्रहरी महानिरीक्षक दान बहादुर कार्की

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यतामा २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गको प्रमुख आतिथ्यतामा २-१७९औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता गृहमन्त्री ओमप्रकाश अर्याल

हर चुनौतीलाई अवसरमा बदल्न सक्ने सक्षम प्रहरी नै आजको आवश्यकता गृहमन्त्री ओमप्रकाश अर्याल

अवैध लागूऔषध सहित दुई जना पक्राउ

अवैध लागूऔषध सहित दुई जना पक्राउ

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host