ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

बाह्रखरी डिश होम कथा प्रतियोगिता-नयाँ पुस्तासँगै जोडिँदै नेपाली साहित्य


ADVERTISEMENT

१ असोज,काठमाडौं । पाँचौँ ‘डिश होम बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८०’ को निर्णायक समूहका संयोजक प्रा. डा. सावित्री कक्षपतिले नेपाली साहित्यलाई नयाँ पुस्ताले नेतृत्व गर्नुपर्ने बताएकी छन् ।

उनले डिश होम बाह्रखरी कथा प्रतियोगिता नयाँ पुस्ताका कथाकारका लागि सुनौलो अवसर भएको बताइन् । डा. कक्षपतिले विश्व साहित्यले अनुवाद गर्ने तहका कथा अब युवा पुस्ताले लेख्नुपर्नेमा जोड दिइन् ।

“यो प्रतियोगितामा आउने कथाले समाज रूपान्तरण गर्न सकून् । कतिपय कुरा औपचारिक रूपमा भन्न सकिँदैन, त्यस्ता कुरा साहित्यमार्फत विम्ब र प्रतीकको प्रयोग गरेर भन्न सकिन्छ,” बाह्रखरी कथा लेखन प्रतियोगिता–२०८० घोषणासभामा उनले भनिन्, “चाहेर पनि औपचारिक रूपमा कतिपय विषय भन्न सकिएको छैन । त्यस्ता विषय यो प्रतियोगितामा कथामार्फत आउँछन् भन्ने मेरो विश्वास छ ।”

बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई नाटक, चलचित्र र टेलिचलचित्रमा रूपान्तरण गर्न सकिने उनको धारणा छ । सिनेमा र नाटकका लागि कथा भएन भन्ने गुनासो आउने गरेको उनले स्मरण गरिन् । प्रतियोगिताका कथाबाट नाटक र सिनेमाको कथा बनाउन सकिने उनले बताइन् ।

कथा प्रतियोगितालाई निरन्तरता दिन सहज नरहेको उनको भनाइ छ । “म सुरुदेखि नै यो प्रतियोगितालाई नियालिरहेको छु । यो कथा प्रतियोगिताको पहिलो संस्करण घोषणा हुँदादेखि नै म निकै खुसी र उत्साही भएको थिएँ,” उनले भनिन्, “आज पाँचौँ संस्करणसम्म आइपुगेको छ, यसलाई नेपाली साहित्यको इतिहासमा स्वर्ण अक्षरले लेखिनुपर्छ ।”

उनले बाह्रखरी कथा लेखन प्रतियोगितालाई नयाँ पुस्ताले सुनौलो ‘प्लेटफर्म’का रूपमा लिनुपर्ने बताइन् । “प्लेटफर्म नपाउनेका लागि यो अवसर हो । यो अवसरलाई सदुपयोग गर्दै समाजलाई दिशा दिने कथा आउनेछन् भन्ने लाग्छ,” उनले अगाडि थपिन्, “नयाँ पुस्ताले नै नेपाली कथालाई धानिरहेको छ । त्यसैले यो प्रतियोगिताले निरन्तरता पाओस् भन्ने मेरो चाहना छ ।”

निर्णायकमण्डलका सदस्य सुविन भट्टराईले नयाँ प्रतिभाले बाह्रखरी कथा लेखन प्रतियोगितालाई भरपुर उपयोग गर्नेमा आफू ढुक्क रहेको बताए । “बाह्रखरीले नयाँ प्रतिभालाई विशिष्ट स्थान दिएको छ । हामीले हाम्रो समयमा यो अवसर पाएनौँ,” कथाकार भट्टराईले भने, “हामीलाई सुरुसुरुमा कथा लेख्ने हुटहुटी हुँदा यस्तो प्लेटफर्म थिएन । सायद यस्तो अवसर पाएको भए आज अवस्था अर्कै हुने थियो ।”

उनले विचार र भाषालाई सन्तुलित गरेका कथा नै बलियो हुने धारणा राखे । “विचार र भाषा सन्तुलित भएका कथा नै वास्तवमा सशक्त हुन्छन्,” उनले भने, “प्रतियोगितामा यहीभित्र रहेर कथा पठाउन म आग्रह पनि गर्छु ।”

डिश मिडिया नेटवर्क लिमिटेडका प्रबन्ध निर्देशक सुदीप आचार्यले नेपाली माटोका मौलिक कथा आवश्यक रहेको बताए । कथा लेखनमा स्वतन्त्रताको भरपुर प्रयोग गर्न सकिने उनले उल्लेख गरे । उनले समाज रूपान्तरण गर्न सक्ने कथा आवश्यक रहेको औँल्याए ।

उनले बाह्रखरी कथा लेखन प्रतियोगितामा आउने कथालाई सिनेमा र टेलिसिरियल बनाउन सकिने धारणा राखे । “कथा लेख्ने पालो अब युवा पुस्ताको हो । टेलिभिजनले उठाउन नसकेका विषय कथाले समेट्नुपर्छ भन्ने लाग्छ,” उनले थपे ।

फाइन प्रिन्टका सञ्चालक निरज भारीले कर्पोरेट हाउसलाई साथमा लिएर कथा प्रतियोगिता गर्नु नै नेपाली साहित्यमा नयाँ सोच भएको टिप्पणी गरे । बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँ पुस्ताका लागि सम्भावनाको ढोका उघार्ने माध्यम भएको उनले बताए । यसलाई नयाँ पुस्ताले अवसरका रूपमा लिन सक्नुपर्ने उनको धारणा छ ।

बाह्रखरी मिडियाका प्रधानसम्पादक प्रतीक प्रधानले बाह्रखरी कथा लेखन प्रतियोगिता नयाँका लागि मात्र नभएर अग्रज पुस्ताका लागि पनि भएको बताए । “यो प्रतियोगिता नयाँ प्रतिभाका लागि मात्रै हो कि भन्ने भ्रम रहेको छ, तर त्यस्तो होइन । सबैका लागि हो,” उनले स्पष्ट पारे ।

हरेक वर्ष नयाँ प्रयास गर्दै आएको स्मरण गर्दै उनले यसपटक पनि आमन्त्रित साहित्यकारको कथा समावेश गरिएको जानकारी दिए ।

साहित्यको कथा विधालाई अगाडि बढाउने बाह्रखरीको प्रयासमा सहयोग गर्ने प्रायोजकलाई धन्यवाद दिँदै उनले सहकार्यको निरन्तरताको पनि अपेक्षा व्यक्त गरे ।

ADVERTISEMENT

“कमजोर अर्थतन्त्रका बाबजुद पनि सहयोग गर्नेलाई धन्यवाद । अहिलेको अवस्थामा प्रायोजकलाई पनि सहज छैन । तर, यो अप्ठ्यारो अवस्थामा पनि सहयोग गर्ने प्रायोजक र हाम्रो प्रतियोगितामा सहभागी हुने सबैलाई धन्यवाद दिन्छु,” प्रधानसम्पादक प्रधानले भने ।

ADVERTISEMENT

बाह्रखरी मिडियाका विशेष सम्पादक हरिबहादुर थापाले नयाँ स्रस्टा जन्माउन प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने बताए । उनले संसारभरका नेपालीभाषी कथाकारलाई प्रतियोगिताले समेट्ने भन्दै सहभागी हुन आह्वान गरे ।

ADVERTISEMENT

बाह्रखरी कथा लेखन प्रतियोगिताको आन्तरिक निर्णायकमण्डलका संयोजक गोविन्द अधिकारीले प्रतियोगितामा भूगोल र उमेरको छेकबार नरहेको बताए । जुनसुकै देश र उमेरका कथाकारले सहभागिता जनाउन सक्ने उनले जानकारी दिए । विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि विभिन्न जाति, समुदाय, लिंग र भूगोललाई प्रतिनिधित्व गर्ने कथा प्राप्त हुने विश्वास उनले व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

अग्रज पत्रकारले सुनाए पत्रकारितामा उबेलाका हाम्रा कुरा

अग्रज पत्रकारले सुनाए पत्रकारितामा उबेलाका हाम्रा कुरा

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host