मकवानपुर, १ असोज। हेटौंडा उप-महानगरपालिका-१५ रातोमाटेबाट विभिन्न देशका मुद्रासहित भारत विहार पुर्वी चम्पारन पलङवा थाना पसौना-९ बस्ने ४० वर्षीय रम्भु दासलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पशुपतिनगर र प्रहरी चौकी रातोमाटेबाट खटिएको संयुक्त टोलीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको मधेश प्रदेश ०३-००१ ज ३६४ नम्बरको माईक्रो गाडीलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार दासको साथबाट युरो ४ हजार, जापानी येन १३ लाख ३० हजार र साउदी रियाल १६ हजार ३ सय १५ फेला पारी पक्राउ गरेको हो।
यो पनि पढ्नुहोस्/_ एक राउण्ड गोली लोड भएको नलकटुवा बन्दुक बरामद-
सर्लाहीको ईश्वरपुर नगरपालिका-६ बयलबासबाट एक राउण्ड गोली लोड भएको नलकटुवा बन्दुक सोमबार बिहान प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने जितन साहको घरमा अज्ञात व्यक्ति घरभित्र प्रवेश गरेको अवस्थामा हो-हल्ला गर्दा अज्ञात व्यक्ति फरार भएको र घर अगाडि बाटोमा हातहतियार रहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय केशरगंजबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो । प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।