ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

कालो सिसा आतंकले बढाएको सुरक्षा चुनौती


ADVERTISEMENT
ADVERTISEMENT

भैरहवा,२ असोज । लुम्बिनी प्रदेशमा कालो सिसावाला सवारी साधनको प्रयोग व्यापकरुपमा हुने गरेको छ । धेरै जसो सवारी साधनमा कालो स्टिकर टास्ने प्रचलन बढदै गएपछि सुरक्षा चुनौती पनि थपिएको सुरक्षा विशेषज्ञहरु चिन्ता व्यक्त गर्दछन् । सरकारी तथा नीजि सवारी साधनमा कालो स्टिकर टाँसेर कानुनको दुरुपयोग हुनेगरेको जनगुनासाहरु प्रशस्त हुनेगरेका छन् । तर कार्वाही गर्ने निकायहरु भने मौन देखिन्छन् । लुम्बिनी प्रदेशमा प्राय सवै जिल्लामा कालो स्टिकर प्रयोग गर्ने सवारी साधनहरु दर्जनौँ भएपनि कारबाही गरेको सुचना ट्राफिक प्रहरीले दिन सकेका छैन । ट्राफिक प्रहरीले कानुन विपरित स्टिकर प्रयोग गर्ने सवारी साधनहरुलाई निगरानी तथा कारबाहीको प्रकृया समेत गर्न नसक्नु दुर्भाग्य बनेको छ । कालो सिसा भएका सवारी साधनभित्र बाहिरबाट हेर्दा केही पनि देखिदैन । सवारी साधन भित्र हुने कुनै पनि अपराधिक गतिविधि तथा कानुनले निषेध गरेका धन्दाहरु हुने गरेको अपराध अनुसन्धानमा कामगर्ने अधिकृतहरु बताउँछन् । कालो सिसा भएका सवारी साधनमा अवैध सामान ओसारपसार, अपहरण, बलात्कार अनैतिक कृयाक्लाव हुनेगरेका घटनाहरु आउने गरेपनि न्यूनिकरणका लागि प्रहरीले कुनै पहल गर्न नसकेको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी नायब महानिरीक्षक उमेश राज जोशीले सवारी साधनको सीसामा कालो स्टिकर लगाउदा सवारी साधन भित्रका गतिविधिहरु सुरक्षाकर्मीहरुले नदेख्ने भएकाले अपराधिक कृयाक्लावहरु हुनसक्ने बताउछँन । बाहिरबाट हेर्दा भित्रका गतिविधि नदेखिने गरि लगाएका स्टिकरहरु कानुन विपरित भएकाले ट्राफिक प्रहरीलाई अनुगमन र कारबाहीको लागि निर्देशन गरिने प्रदेश प्रहरी प्रमुख जोशीले जानकारी दिनुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाद प्रसाईले ट्राफिक नियम विपरित सिसामा कालो स्टिकरको प्रयोग सवारी साधनमा बढ्दो रहेको स्विकारदै नियम अनुसार कारबाहीको प्रकृया अगाडि बढाईने बताउनुभयो । कम्पनीबाटै कालो सिसा प्रयोग भएर आएका सवारी साधनहरुमा व्यवहारिक रुपमा कारबाही गर्न गाह्रो भएको जनाउदै प्रहरी उपरिक्षक प्रसाईले अन्य सवारी साधनको हकमा निगरानी, अनुगमन र कारबाहीलाई तिव्रता दिने जानकारी दिनुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक होम बहादुर थापाले कालो सिसा प्रयोग भएका सवारी साधनहरु राज्यका उच्च तहका अति–विशिष्ट व्यक्तिहरुले प्रयोग गर्न पाउने ट्राफिक नियम रहेको भन्दै अन्य सवारी साधनहरुमा कानुन विपरित कालो स्टिकर प्रयोग गरिएको बताउनुभयो । उहाँले कानुन विपरित सवारी साधनमा कालो स्टिकर हटाउन ट्राफिक प्रहरीको निर्देशन रहेको भन्दै न्यूनिकरणका लागि सबैको सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

ADVERTISEMENT

सवारी साधनमा कालो स्टिकर प्रयोग अति विशिष्ट र विशिष्ट व्यक्तिहरुले मात्र गर्न सक्ने भन्दै सर्वोच्च अदालतले समेत अन्य व्यक्तिहरुले सवारी साधनमा कालो स्टिकर प्रयोगमा रोक लगाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवटले जनाएको छ । पछिल्लो समय कालो स्टिकरको प्रयोग नीजि तथा प्राय सरकारी सवारी साधनमा हुनेगरेको छ । जुन कानुन विपरित हो । यस्ता सवारी साधनलाई सुरक्षाकर्मीले कडा कारबाही गर्न आवश्यक रहेको आम मानिसहरुको माग रहेका छ । राजनीतिक प्रभाव झएका मानिस र शक्ती केन्द्रको नजिक रहेको व्यत्तिहरु यस्ता गतिविधिहरु संलग्न हुने भएकाले यसको न्यूनिकरणका लागि सवैले पहल गर्नुपर्ने हुन्छ ।

ADVERTISEMENT

कानुनले अति विशिष्ट र विशिष्ट व्यक्ति चढेने सवारीमा मै कालो सिसा राख्न पाईने प्रावधान गरेकाले अन्यका हकमा कानुन अनुसार ट्राफिक नियमको कायान्वयन गर्न सरोकारवालाहरुले माग गरेका छन् । प्रहरीको खोजी सूचीमा भएका व्यक्तिहरु समेत कालो सिसाको प्रयोग भएका सवारी साधन भएका सवारी साधन प्रयोग गरेर भाग्न सक्ने भएकाले यो रोक्न पर्ने कानुनका जानकारहरु बताउँछन् । कालो सिसा प्रयोग गरेका सवारीलाई स्वरुप परिवर्तन गरेको मान्नुपर्ने कानुन व्यवसायीको तर्क रहेको छ । ट्राफिक प्रहरीले कालो सिसा प्रयोग गर्ने सवारी साधनलाई कानुन अनुसार जरिवाना समेत गर्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लिम्पियाधुरा लिपुलेख र कालापानी नेपालको ऐतिहासिक भौगोलिक र कानुनी अधिकारमा आधारित भूभाग 

लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने

लागूऔषध विरूद्ध निर्मम रूपमा प्रस्तुत हुनुपर्ने

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host