असोज २ काठमाडौँ।
self Landing Communism (आत्म अवतरण साम्यवाद) का ३ महत्वपूर्ण आयामहरू एवम् नयाँ रणनीतिक संरचना:-
१.बाैद्धिक विचार-:व्यापक स्व अध्ययन -अनुसन्धान, व्याख्या र व्यवहारिक प्रशिक्षण।
२.कुतनितिक सम्बन्ध:-आन्तरिक र बाह्य। दुबै पक्षलाई विश्वास दिलाउन सक्नुपर्छ। आन्तरिकमा राजनीति दल वा जनता हुन्। यसमा दुवै सम्बन्धका लागि बफादार र अडानमा रहन सक्नुपर्छ।
३.सैनिक संरचना:-जनसेना, सशक्त सेना, साङ्गठनिक सेना।
-“जनसेना” जनताकाे सेना यसमा डाक्टर-नर्स, स्वयंसेवक, अभियन्ता, पत्रकार, लेखक, प्राध्यापक लगायत। विद्यार्थीले सहायक भूमिका निर्वाह गर्ने,
-“सशक्त सेना” आर्मी, पुलिस,APF, वैज्ञानिक, सिभिल गार्ड,सबै खेलका खेलाडी,लगायतका समय अनुकुल उत्पादन र सिर्जनात्मक कार्यमा लाग्न सक्ने।
-“साङ्गठनिक सेना” किसान, मजदुर , व्यवसायी, कर्मचारी, कलाकार, स्वराेजगारहरु यि सबै उत्पादनमूलक क्षेत्रतर्फ लाग्ने र राष्ट्रिय आयमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने।
संक्षिप्त व्याख्यामा : देसमा आमूल परिवर्तनका लागि क्रान्ति अनिवार्य छ। क्रान्ति भन्ने बित्तिकै ठुलाे बलिदानि र संघर्षबाट प्राप्त गरिएकाे फलकाे रुपमा लिईन्छ। यसकाे पनि एउटा निश्चित उदेश्य र लक्ष्य हुन्छ। छाेटकरीमा भन्नुपर्दा क्रान्ति घरपरिवारबाटै सुरु हुन्छ र लामाे समयकाे संघर्ष पश्चात् अन्त्यमा साम्यवाद प्राप्त हुन्छ । -ल्याण्ड लकबाट घेरिएको नेपाल विश्वकाे भुगाेलमा सर्वाेच्च शिखर सगरमाथा,पहाडका फाँट र समथर भुभाग तराईसम्म पुग्दा विश्वकाे सम्पूर्ण भुगाेलकाे अध्ययन एउटै ठाउँबाट गर्न सकिन्छ । विश्वका ठुला र जनघनत्वमा पहिलाे, दाेस्राे स्थान ओगट्न सफल दुई मुलुक चीन र भारत नेपालकाे छिमेकी तथा इतिहासदेखि नै अनेकौं सम्बन्धमा घनिष्ट बन्दै आएकाे शक्ति राष्ट्रहरू हुन । यी छिमेकीलाई राजनीतिक, सामाजिक, सांस्कृतिक , धार्मिक र आर्थिक दृष्टिले हेर्दा नेपालमा मिश्रित किसिमको अवस्था रहेकाे पाइन्छ । उत्तरमा चीन पूर्व, पश्चिम र दक्षिणमा भारतले नेपाललाई कभर गरेकाे छ । नेपालकाे धर्म, कला, खानपिन, रहनसहन, मानवीय बनावट तथा वातावरणीय परिवेश प्राय यी दुवै देशकाे जस्तो मिल्दो जुल्दाे हुन आउछ तर राजनीति दृष्टिले भारत ठुलाे प्रजातान्त्रिक मुलुक हाे, भने चीन विश्वकै ठुलाे कम्युनिस्ट मुलुक हाे । चीनमा माओले स्थापना गरेकाे साम्यवादी शासन पद्धति लागू भइरहेको छ, भने यता भारतमा ब्रिटिशकाे अधिनायकत्वकाे समाप्ति पश्चात् गान्धी र जवाहरलाल नेरूकाे उद्दार समाजवादी व्यवस्थाकाे थालनी भइरहेको छ । यी सबै परिवेशलाई मध्यनजर गरेर हेर्ने हाे भने’ नेपालले याे दुवै राजनीति प्रणालीलाई अपनाएर अगाडि बढ्न आवश्यक देखिन्छ! किनभने, नेपालकाे भु- राजनीतिक कारणले गर्दा, यी दुई मुलुक मध्य कसैलाई पनि चिराएर र शत्रुता गरेर अगाडि बढ्न सक्ने स्थिति देखिदैन । नेपालमा विभिन्न जाति समुदाय र ठुला छिमेकी बिच ल्याण्ड लक अवस्थामा नेपाली भुमि रहेकाले तटस्थ राजनीतिक, कुटनैतिक र रणनीतिक विधि अपनाउनु पर्ने वा वैकल्पिक रूपमा यहाँकै भुगाेल अनुरुपकाे कला, संस्कृति, धर्म, समुदाय र उत्पादनको आधारमा सेल्फ ल्याण्डीङ्ग साम्यवादी व्यावस्था अपनाउदा राम्रो देखिन्छ । सेल्फ ल्याण्डीङ्ग साम्यवादी (आत्म अवतरण साम्यवाद)व्यवस्था भन्नाले दुवै देश बिचकाे सम्बन्ध घनिष्ट तर यी दुवै देशलाई राजनीतिक, कुटनैतिक र रणनीतिक तरिकाले प्रयाेग गरि अन्य तेस्रो मुलुकसँगकाे सम्बन्धलाई चतुरपुर्ण तरिकाले आर्थिक, व्यापारीक, सामरिक लगाएत राजनीतिक, कुटनैतिक रूपमा दुरी बनाइराख्नु र जल, थल र वायु मार्गकाे सम्भावनालाई विस्तार गर्दै जानु र अन्य विश्वका अधिकार हिन टापुलाई आफ्नो क्षेत्राधिकारमा राख्ने सम्मकाे क्षमता बनाउन सक्नु वा समग्रमा भन्नुपर्दा राष्ट्रिय माैलिकताकाे आधारमा क्रान्ति सम्पन्न गर्नु नै सेल्फ ल्याण्डीङ्ग साम्यवादी(आत्म अवतरण साम्यवाद) व्यवस्थामा जानु हाे ।१९औं शताब्दीमा गरिएको क्रान्ति आजकाे २१औं शताब्दीमा हावामा उडेको बल जस्ताे हुन सक्छ, अन्तरदेशीय क्रान्तिकाे नक्कल गरेर अगाडि बढ्नु भन्दा आन्तरिक स्वस्फूर्तिकाे क्रान्ति गरेर अगाडि बढ्न सके टिकाउ,दरिलाे र दिर्घकालिन हुनसक्छ। अबकाे क्रान्ति नेपाली माैलिकताकाे आधारमा हुनुपर्छ । किनभने कुनै पनि देसले नयाँ परिवर्तन र सिर्जनाकाे लागि आफ्नाे संप्रभुतालाई ख्याल राखेकाे हुन्छ ।तसर्थ हामिले पनि आफ्नाे संप्रभुतालाई जाेगाउदै भविष्यकाे सुन्दर जिवनलाई सफल बनाउने सरल बाटाे निर्माण गर्न अनिवार्य छ।