ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

काठमाडौं, ८ असोज । उदयपुर, उदयपुरगढी गाउँपालिका-८ कमान बस्ने ३० वर्षीया उर्मिला खत्रीलाई अवैध लागूऔषध गाँजा करिब २ केजीसहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले लागूऔषध बेचबिखन गर्ने गरेको भन्ने विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट संगमचोकबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित जुम्ला तातोपानी गाउँपालिका-५ बस्ने २४ वर्षीय प्रविण चौलागाईलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

पर्सा, जिराभवानी गाउँपालिका-१ गमहरियाबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ३२ केजीसहित ठोरी गाउँपालिका-४ विजयबस्ती बस्ने ३४ वर्षीय क्षेत्र बहादुर श्रेष्ठलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले ना.६१ प ९७०० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिटमा बाँधेर ल्याएको उक्त पदार्थसहित चालक श्रेष्ठलाई पक्राउ गरेको हो । 

कास्की, पोखरा महानगरपालिका-१४ चाउथेस्थित प्रतिभा टोलबाट नियन्त्रित लागूऔषधसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१४ डेरा गरी बस्ने स्याङजा घर भएका ३१ वर्षीय सन्तोष थापा मगर र सोही ठाउँ बस्ने पाल्पा माछागढी गाउँपालिका सेराई घर भएका ४० वर्षीय केश बहादुर कुमाल रहेका छन् । सन्तोषले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा नियन्त्रित लागूऔषध नुर्फिन १ हजार १ सय ३२ एम्पुल, फेनरागन १ हजार ३ सय ६१ एम्पुल, डाईजेपाम १ हजार २ सय २ एम्पुल, गाँजा ३ सय ग्राम, कोडिन फस्फेट ९० ट्याप्लेट, ६ लाख ३२ हजार २ सय १० नेपाली रूपैयाँ, २ हजार ४ सय ५० भारतीय रूपैयाँ,  ल्यापटप १ थान, ट्याब १ थान, विभिन्न कम्पनीको मोबाईल ७ थान, घडी ४ थान, क्यामेरा १ थान फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यो पनि पढ्नुहोस्।  

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु-:

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानास्थित सडकमा बा.५ ख २१९२ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं नैकाप बस्ने गोरखा घर भएका ३२ वर्षीय अमन गुरुङको आइतबार राति  मृत्यु भएको छ । ठक्कबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर हुँदै थप उपचारको लागि ग्रिनसिटी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ADVERTISEMENT

पर्सा, ठोरी गाउँपालिका-३ ब्रहमानगरस्थित सडकमा प्र.२-०३-००१ त ३९८१ नम्बरको ट्याक्टरको टेलरमा बीआर ०५ एक्यु ६६७६ नम्बरको मोटरसाइकल ठोक्किएर आइतबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक जिराभवानी गाउँपालिका-४ बस्ने २० वर्षीय जयकुमार रौनियारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सल्यान, कपुरकोट गाउँपालिका-३ सेतापैरामा रा.१ च १०२५ नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब ३ सय ५० मिटर तल खसेर सोमबार बिहान दुर्घटना हुँदा जिपमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा चालक दाङ तुलसीपुर उपहानगरपालिका-१८ बस्ने २५ वर्षीय भक्त बहादुर घर्ती र जीपका साहु सोही ठाउँ बस्ने ५० वर्षीय गणेश बुढा रहेका   छन् । साथै दुर्घटनामा घाइते भएका जीपमा सवार अन्य १ जनाको प्रादेशिक अस्पताल दाङमा उपचार भइरहेको छ ।  दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

नेपाल बैंक र ब्ल्याक हर्स इण्डष्ट्रिजबीच सहकार्य सम्झौता

हिमालयन लाइफ इन्सुरेन्सले नगद लाभांश वितरण गर्ने

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १९औँ वार्षिक साधारणसभा माघ २८ गते

सुन र चाँदीको मुल्यमा वृद्धि

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा बृद्धि

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्याे

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था बीच सम्झौता

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

नेपाल बैंक लिमिटेडको ६६औँ वार्षिक साधारण सभा सम्पन्न

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host