ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

अवैध लागूऔषधसहित पक्राउ तथा बरामद


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

२१  असोज,काठमाडौं। बाँके, कोहलपुर नगरपालिका-३ मैटुहवाबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ २ ग्राम १ सय ९० मिलिग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैजनाथ गाउँपालिका-४ नौलापुर बस्ने ५० वर्षीय परशुनाथ थारु र दैलेख भैरबी गाउँपालिका-७ बस्ने २९ वर्षीय घनश्यामसिंह गुरुङ रहेका छन् । ३ नम्बर बिट मदनचोकबाट खटिएको प्रहरीले भे.८ प ९९१६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर, मनहरी गाउँपालिका-६ नयाँबस्तीबाट लागूऔषध कोडाइन फोसफेट उइनसिरेक्स लेखिएको १ सय मिलि ग्रामको बोतल ६ सय २ थान, चरेस जस्तो देखिने वस्तु करिब २० ग्राम, प्रदेश ३-०३-००१ प ४५४१ नम्बरको मोटरसाइकल र नगद ८ लाख रूपैयाँसहित कैलास गाउँपालिका-८ वस्ने ३१ वर्षीय बिकास मोक्तान समेत ५ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । सो ठाउँस्थित कच्ची सडकमा रोकीराखेको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध र नगदसहित फेला पारी पक्राउ गरेको हो ।  

उदयपुर, बेलका नगरपालिका-८ कोठुबाट अवैध लागूऔषध खैरो हिरोईन करिब २० ग्रामसहित सुनसरी कोशी गाउँपालिका-५ श्रीपुर बस्ने २१ वर्षीय खैरुल वासरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट  खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित  पक्राउ गरेको हो । 

ADVERTISEMENT

रूपन्देही, बुटवल उपमहानगरपालिका-१५ सेमलार बस्ने २६ वर्षीय को रोशन थापा मगर र पाल्पा रामपुर नगरपालिका-८ बिजयपुर बस्ने २८ वर्षीय रेशम कुँवरलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम  २ सय ५० मिलिग्राम र नगद १ लाख २० हजार रुपैयाँसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । मगरले लागूऔषधको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले मगरको घरबाट निस्कँदै गरेको अवस्थामा कुँवरलाई १ सय ५० मिलिग्राम र रोशनको साथबाट २ ग्राम १ सय मिलिग्राम उक्त पदार्थ तथा नगद १ लाख २० हजार रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

महोत्तरी, सम्सी गाउँपालिका-५ स्थितबाट अवैध लागूऔषध गाँजा ३६ केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी पोखरभिण्डाबाट खटिएको प्रहरीलाई देख्नासाथ नेपालबाट भारततर्फ टाउकोमा बोकी लैजाँदै गरेको गाँजा फाली मानिस फरार भए पश्चात प्रहरीले उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । हाल फरार व्यक्तिहरूको खोजी भइरहेको छ । 

रौतहट, गरुडा नगरपालिका-४ गरुडा गाँउबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ७० ग्राम, ना.२७ प ४१३६ र बीआर ०६ बीपी ०६०३ नम्बरको मोटरसाइकल, साइकल १ थान र चक्कु १ थान शनिबार राति प्रहरीले बरामद गरेको छ । उक्त ठाउँमा लागूऔषध सेवनकर्ताहरुले हो-हल्ला गरिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरीलाई देख्नासाथ शंकास्पद व्यक्तिहरू फरार भएपछि घटनास्थलबाट उक्त गाँजा लगायतका सामान बरामद भएको हो । थप अनुसन्धानका लागि प्रहरीले १ जनालाई नियन्त्रणमा लिएको छ ।सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

स्वास्थ्य बिमा भुक्तानीलाई रु.३ अर्ब ८४ करोड निकासा

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

तनहुँबाट तीन भरुवा बन्दुकसहित दुई पक्राउ

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

६ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

६ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित

सेल्फल्याण्डिङ्ग साम्यवाद:साम्राज्यवाद र विस्तारवादको सम्बन्ध पूँजीवादमा “सन्ताेष प्र. तिवारी”

सेल्फल्याण्डिङ्ग साम्यवाद:साम्राज्यवाद र विस्तारवादको सम्बन्ध पूँजीवादमा “सन्ताेष प्र. तिवारी”

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host