२३ असोज काठमाडौँ । नेपाल टेलिकमले आगामी बिहिबार (२०८० असोज २४) देखि लागु हुनेगरी एनटी फाइबर सेवाका व्यक्तिगत प्याकेज (@*) मा प्रोमोसनल (@%) उपलब्ध गराउने भएको छ । यस अफर अन्तर्गत सेवाग्राहीको अत्याधिक रुची देखिएको एनटी फाइबर (NT Fiber) सेवालाई थप आकर्षक बनाउन हाल उपलब्ध गराउँदै आएको स्पिड (@%) लाई २४० प्रतिशतसम्म पुग्नेगरी व्याण्डविथमा बढोत्तरी गरिएको छ । सेवाग्राहीहरुको रुची र चासो रहेको एनटी फाइबर सेवामा कम्पनीले सहुलियत प्रदान गर्न लागेको हो ।
यस अफरमा हाल १० एमविपीएस गतिको इन्टरनेट प्रयोग गरिरहनु भएका सेवाग्राहीले सोही मूल्यमै २४ एमविपीएस र २० वा ३० एमविपीएस गतिको इन्टरनेट चलाइरहनु भएका सेवाग्राहीले सोही मूल्यमा ४० एमविपीएसको सेवा प्रयोग गर्न सक्नुहुनेछ । यसैगरी ५० एमविपीएस गतिको सुविधा प्रयोग गरिरहनु भएका ग्राहकहरुले सोही मूल्यमा अबदेखि १०० एमविपीएसको सेवा प्राप्त गर्नुहुनेछ । हाल ८० एमविपीएस सेवा लिइरहनु हुने सेवाग्राहीहरुलाई पुरानै दरमा १४० एमविपीएस गतिको सेवा उपलब्ध हुनेछ । यसका साथै हाल उपलब्ध हुँदै आएको। Fair Usage Policy लिमिटलाई समेत बढोत्तरी गरिएको छ ।
साथै हाल ३० एमविपीएस र सो भन्दा माथिको एक वर्षको प्याकेज लिंदा दैनिक ३०० एमवी डाटा सेवाको सुविधा पनि उपलब्ध हुनेछ । यो सेवा उपयोग गर्नका लागि एनटी फाइबर सेवा लिंदा उपलब्ध गराइएको टेलिकमको मोबाइल नम्बरबाट*१४१६# डायल गर्नु पर्दछ।