२६ असाेज, काठमाडौँ । चिरख्वा हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज शुक्रबार असोज २६ गते सम्म हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सक्नेछन् । सीडीएसका अनुसार यसमा बिहीबार (असोज २५ गते) साँझ ५ः०७ बजेसम्ममा ८ लाख ७३ हजार १८० जना आवेदकले ९५ लाख ६८ हजार ४३० कित्ताका लागि आवेदन दिइसकेका छन् ।
यो मागभन्दा ११.१४ गुणा बढी आवेदन हो । चिरख्वा हाइड्रोपावरले असोज २३ गतेदेखि सर्वसाधारणका लागि ८ लाख ५९ हजार ३०० कित्ता सेयर आइपीओ बिक्री खुला गरेको हो । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ ।