ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

‘जनयुद्ध’लाई अपब्याख्या नगर


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

फणीन्द्र फुयाल ‘ज्वाला’। वि.स.२०८०।

यतिबेला नेपालका कम्युनिस्ट पार्टीहरु बिभिन्न धारमा विभक्त भएर, चोइटिएर र फुटेर अनेकौँ भङ्गालाहरुमा परिणत भएका छन् । विशेषगरी राजतन्त्र फ्याक्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न, सदियौँदेखिको केन्द्रीकृत राज्य प्रणालीलाई अन्त्य गर्दै समावेशीता, धर्मनिरपेक्षता लगायतका उपलब्धिहरु हासिल गर्ने भूमिका निर्वाह (दस वर्षे जनयुद्धको थालनी) गरेको तत्कालिन नेकपा (माओवादी) यतिबेला छिन्नभिन्न अवस्थामा छ । वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) मा नामांकरण भएको छ । यो पार्टीले अहिले सरकार सञ्चालनको नेतृत्व गरिरहेको छ ।

२०५२ सालदेखि तत्कालिन नेकपा (माओवादी)ले सञ्चालन गरेको दस वर्षे जनयुद्धका बारेमा नेकपा (एमाले)ले पटक पटक अपब्याख्या गर्दै आएको छ । मंगलबार संघीय संसदमा सम्बोधन गर्ने क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनयुद्धलाई ‘हत्या दिवस’ भएको भन्दै दुत्कारे । जनयुद्धकै कारण संघीयता, समावेशीता, लोकतन्त्र, धर्मनिरपेक्षता र वर्तमान संविधान जारी गर्न नेकपा (माओवादी)ले गरेको जनयुद्धको ठुलो भूमिका र योगदान  छ । यदि त्यो जनयुद्ध नभएको भए देशमा परिवर्तनको आन्दोलन यति चाँडै सफल हुँदैनथ्यो । काठमाडौंको सिंहदरबारमा सयौँ वर्षदेखि केन्द्रित शासकीय प्रणाली जनताको घर दैलोमा पुग्दैनथ्यो । त्यसैले जनयुद्धको बिरोध गर्नु भनेको संघीयताको बिरोध गर्नु हो, धर्मनिरपेक्षताको बिरोध गर्नु हो र समग्रमा संवैधानीक व्यवस्थाकै बिरोध गर्नु हो र जनताका अधिकार खोस्ने कुचेष्टा गर्नु हो ।

जनयुद्धमा उल्लेख्य भूमिका निर्वाह गरेका रामबहादुर थापा (बादल), टोपबहादुर रायमाझी, मणी थापाहरु केपी ओली नेतृत्वको एमालेमा छन् । उनीहरु ओलीको कटू बचनकाबिरुद्ध र समग्र माओवादीका उपलब्धिकाबिरुद्ध बारम्बार तिखो बोलीबाँण प्रहार हुँदा पनि किन एक बचन बोल्न सकिरहेका छैनन ? यो प्रश्न यतिबेला सवत्र उठिरहेको छ ।

कुनै बेला एउटै पार्टीमा रहेका मोहन वैद्य (किरण) को नेतृत्वमा नेकपा–माओवादी पार्टी नमाकरण भएको छ । नेत्रविक्रम चन्द (विप्लव)को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) छ । त्यसैगरी डा. बाबुराम भट्राई नेतृत्वको पार्टी नयाँ शक्ति हुँदै नेपाल समाजवादी पार्टी (नेसपा) बनेको छ । उपेन्द्र यादवको पार्टी जनता समाजवादीका नाममा दर्ता छ । गोपाल किराँतीले अर्कै राजनीतिक पार्टी खोलेका छन् । विप्लवसँग छुट्टिएका धर्मेन्द्र बाँस्तोलाको नेतृत्वमा नेकपा (बहुमत) निर्माण भएको छ । त्यसैगरी कुनै समय प्रचण्ड नेतृत्वको माओवादी पार्टीमा रहेका पूर्व सभासद् विश्भक्त दुलाल ‘आहुति’ नृत्वको बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल निर्माण भएको छ ।

त्यसैगरी अन्य कम्युनिस्ट पार्टीहरुमा कर्णजित बुढाथोकी ‘शुशील’ अध्यक्ष रहेको नेकपा माओवादी समाजवादी पार्टी छ । ऋषि कट्टेलको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी छ । केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा (एमाले) छ । एमालेबाट फुटेर माधव नेपालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी (समाजवादी) निर्माण भएको छ भने चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा पार्टी छ । नारायणमान विजुक्छेंको नेतृत्वमा नेपाल मजदूर किसान पार्टी (नेमकिपा) छ, जसले आफूलाई कम्युनिस्ट पार्टी नै भएको दाबी गर्छ । यी बाहेक राधाकृष्ण मैनाली, सीपी मैनाली लगायतले पनि आफूहरुलाई कम्युनिस्ट भनेर दाबी गरेका छन् ।

ADVERTISEMENT

कम्युनिस्ट भनेका क्रान्तिकारी हुन्छन् । उनीहरु परिवर्तनका आवाजहरु उठाउने शक्तिहरु हुन् । उनीहरु कार्ल माक्र्स, लेनिन, ऐंगेल्स, माओ, चेग्वेभारा आदि आदर्शवान व्यक्तिको विचारलाई २१ औँ सताब्दी अनुरुपमा ढालेरे विश्व परिस्थिती बुझन, जान्न र भोग्न प्रयत्नशील छन् । कम्युनिस्टहरु यथास्थितिमा रमाएर बस्दैनन् । द्वन्द्धात्मक भौतिकवाद नै कम्युनिस्टहरुको मूल मन्त्र हो । जब दशमा कुनै राजनैतिक संकट आइपर्छ तब नेपालका कम्युनिस्ट पार्टीका नेताहरु एक हुनुपर्ने आबाज निकाल्छन् । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले पनि माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति पटक-पटक अपिल गर्दै आएका छन् ।

जव नेपालको राजनीतिक दलका नेताहरु आपसी मतभेदमा रुमलिन्छन्, त्यसको फाइदा लिन देशी तथा विदेशी प्रतिकृयावादीहरु सल्बलाउँछन् । अहिले नेपालको कम्युनिस्ट आन्दोलन, खासगरी माओवादी धाराका पार्टीहरुमा यही परिस्थिति देखा परेको छ । देशका सरकारी तथा गैर सरकारी निकायका प्रमुखहरु र केही सञ्चारमाध्यमका सम्पादकहरु ‘जनयुद्ध’ शब्द सुन्नै चाहँदैनन् । जुन संघर्षले हाल देशको राजनैतिक सफलता प्राप्त गरेको छ, त्यो जनयुद्धकै देन हो भन्दा फरक पर्दैन ।

खासमा यो देशको परिवर्तनको एक सम्वाहक माओवादी पार्टी पनि हो । माओवादी आन्दोलन २०५२ सालदेखि एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो र बिस्तृत शान्तिसम्झौतामार्फत शान्तिपूर्ण राजनीतिमा अवतरित भयो । तर शान्ति प्रक्रियापछि यो पार्टी विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो । अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको छ । केही परिवर्तन नचाहने र देशलाई फेरी पनि पुरानै दिशामा फर्काउन चेष्टा गर्नेहरुले टाउको उठाउन थालेका छन् । अब सम्भव भए सबै कम्युनिस्ट पार्टीहरु एक हुने सम्भव नभए कम्तिमा पूर्व माओवादीहरु भने एक ठाउँमा आउने बेला भएको छ  । सबै माओवादी धाराका दल तथा व्यक्तिहरुले आफ्ना टुटफुटका तिता अनुभवहरूलाई समीक्षा गर्दै एकजुट हुनु पर्ने छ । प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरिरहेको सत्तारुढ माओवादी पार्टीलाई अहिले बिभिन्न आरोप प्रत्यारोपहरु लगाएर शान्तिप्रकृया र बिस्तृत शान्तिसँझौताका बिरुद्ध अगाडि बढ्ने केही कुचेष्टा भइरहेका छन् । त्यो कदम रोक्नका लागि कम्तिमा हिजो सँगै जनयुद्ध लाडेका र अहिले बिभिन्न धारमा विभक्त भएका माओवादी पृष्ठभूमीका पार्टीहरु एक हुने बेला आएको छ । जनयुद्धलाई दुत्कार्नेहरुका विरुद्ध कम्तिामा पूर्व माओवादीहरु भने एक हुनै पर्छ ।

बिगतका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात गर्न सकेको खण्डमा पूर्व माओवादीहरुलाई कसैले पनि कमजोर सावित गर्ने सक्दैन । प्रचण्ड नेतृत्वको सरकारले सत्ता सम्हालेयता केही महत्वपूर्ण कामहरु सम्पन्न भएका छन् । ती मध्ये एक महत्वपूर्ण काम भनेको सहिद तथा बेपत्ता योद्धाको सम्मान र सपनालाई केन्द्रमा राख्नु हो । जसको त्याग, तपस्या, बलिदान र वीरताले गर्दा प्रचण्ड अहिले देशको कार्यकारी प्रधानमन्त्री बन्नु भएको छ । प्रचण्डले जनयुद्ध लगायतका मुक्तियुद्धमा शहादत प्राप्त गरेकाहरुलाई ‘राष्ट्रिय शहीद’को मान्यता दिने कार्य सम्पन्न भएको छ । यो कार्य परिवर्तन नचाहने केही पश्चगामी शक्तिहरुलाई मन परेको छैन । त्यसैगरी प्रचण्ड नेतृत्वको सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको मान्यता दिई सार्वजनिक बिदा दिने घोषणा गरेको छ । यो पनि केही व्यक्ति र दलहरुलाई चित्त बुझेको छैन । त्यही भएर नै अहिले जनयुद्धप्रति नै बिभिन्न आरोप प्रत्यारोप लगाउँदै व्यक्ति व्यक्तिलाई छानेर मुद्धा लगाउने दुस्प्रयासहरु हुन थालेका छन् । सायद यही भएर होला प्रचण्डले सबै कम्युनिस्टहरु मिल्न नसकेपनि जनयुद्धका सारथीहरु एउटै पार्टीमा मिल्नु पर्ने परिस्थिती निर्माण हुँदै गरेको बताएका हुन् । यही सत्यातालालाई आत्सात गर्दै डा. बाबुराम भट्टराई माओवादी केन्द्रमा मिल्ने तयारीमा छन् भने विप्लव, धर्मेन्द्र बाँस्तोला लगायतले नेतृत्व गरिरहेका पार्टीहरु पनि मिलन बिन्दू खोजिरहेकै छन् ।

अहिले पनि माओवादी आन्दोलन र त्यसको प्रभाव कमजोर बनेको छैन । उसले उठान गरेका अजेण्डा अग्रगामी, देश र जनताको हितकारी नैं छन् । त्यसैले विभिन्न धारामा भएका सबै माओवादीहरु एक ठाउँ उभिन सक्नुपर्छ । त्यसो हुन सकेको खण्डमा यसको प्रभाव जबर्जस्त रहनेछ । प्रतिक्रियावादीहरूले विभिन्न खालका भ्रम छर्ने, घेरा हाल्ने षड्यन्त्र गरिराखेका छन् । त्यो भ्रम चिर्नका लागि पनि माओवादी धाराका सबै शक्तिहरु एकजुट हुनु आजको समयको माग हो । यो विषयमा सबै माओवादी पार्टीहरुले गम्भीरतापूर्वक विचार गर्न जरुरी छ । माओवादी एकठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरू धेरै कमजोर हुनेछन् । माओवादीले फेरि एकचोटी विजयको नयाँ यात्रा सुरू गर्न जरुरी छ । सबै दृढ संकल्पका साथ एकठाउँ उभिन सक्नु पर्छ । 
अहिले राजतन्त्रको पक्षमा केही व्यक्तिहरु बाटोमा निस्किदै छन् । तर इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान सपुतहरू सिद्धिने छैनन् । आन्दोलनमा बगेको रगत र शहादत प्राप्त भएको वीरता खेर जाने छैन । राजतन्त्रको माग गर्दै सडकमा जम्मा हुनेगरेका परिवर्तन बिरोधीहरुलाई एकपटक माओवादीले एकजुट बनेर तर्साउने बेला आएको छ । यो तथ्य नेपालको इतिहासमा पटक–पटक स्थापित भइसकेको पनि छ ।

विभिन्न उतारचढाव, घुम्ती, मोड, अप्ठ्याराहरू पार गर्दै अहिले फेरि देशको नेतृत्व गर्ने र क्रान्तिका उपलब्धि संस्थागत गर्ने अवसर माओवादीले पाएको छ । संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाएको छ । यही कुरामा अहिले प्रहार हुँदैछ । यो उपलब्धिबाट विरोधीहरू आत्तिएका छन्, त्यसैले फेरि सबै माओवादीहरू एक ठाउँमा आउन जरूरी छ ।

अहिले पनि माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि बढिरहेको छ । शान्ति प्रक्रियापछि माओवादीहरु विभिन्न भङ्गालातिर विभाजित बने । तर अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आएको छ । जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि प्रधानमन्त्री प्रचण्ड राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न दबाब र घेराबन्दीका विरूद्ध लडिरहेका छन् । बाबुराम भट्टराई, विप्लव, धर्मेन्द्र बाँस्तोला, मोहन वैद्यहरु आ-आफ्नो क्षेत्रबाट लडिरहेका छन् । यसरी माओवादी धाराका शक्तिहरु भिन्नाभिन्दै लड्दा त्यसले महासागरको रुप लिन सकिरहेको छैन । त्यसैले सबै पूर्व माओवादीहरु एकठाउँ भएर लड्ने हो भने यो अजर अमर हुन सक्छ । अनि मात्रै सबै शहीद, बेपत्ता योद्धाप्रति इमानदार भएको ठहरिन्छ । अतः तत्काल यी शक्तिहरुबीच एकता गर्न नसके पनि मोर्चाका रूपमा नयाँ ढंगले अगाडि बढिहाल्न ढिला भइसकेको छ ।

भर्खरै अमेरिकामा सम्पन्न संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनुभएका प्रधानमन्त्री प्रचण्डले नेपालको शन्ति पकृयालाई टुंगोमा पुर्याउन  ढिला भइसकेको र त्यसलाई तार्किक नष्कर्षमा पुर्याउन  अन्तराष्ट्रिय जगतको सहयोग आवश्यकता रहेको बताएका छन् । तर शान्ति प्रकृयालाई चाँडै टुंगोमा पुर्याउन देशभित्रका सबै राजनीतिक दलहरुसँगको सहमति, सहकार्य र एकता नैं प्रमुख विषय हो । यसका लागि नागरिक समाज, मिडिया, सरकारी तथा गैरसरकारी निकायका संघ संस्थाहरुको पनि उत्तिकै महत्वपूर्ण भूमिका हुनेमा सायद कसैको दुई मत नहोला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भुमिका महत्वपूर्ण हुन्छ पूर्ब राष्ट्रपती डा.यादब

लोकतन्त्र बलियो बनाउन पत्रकारिताको भुमिका महत्वपूर्ण हुन्छ पूर्ब राष्ट्रपती डा.यादब

जनप्रतिनिधिबाट जनविमुख संसद

जनप्रतिनिधिबाट जनविमुख संसद

प्रचण्ड–माधव नेपालद्वारा नेकपा शपथ, २४९९ केन्द्रीय सदस्यलाई गराइयो सपथ

प्रचण्ड–माधव नेपालद्वारा नेकपा शपथ, २४९९ केन्द्रीय सदस्यलाई गराइयो सपथ

इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

इक्यानको कोषलाई व्यवस्थापन गरेका कार्की अब सचिवको उम्मेदवार

इक्यानको सचिव जितेपछि सिलवालले केके गर्छन्

इक्यानको सचिव जितेपछि सिलवालले केके गर्छन्

काठमाडौं क्षेत्र न:२ मा शंकर दुलालको उम्मेदवारी सिफारिस, चुनावी प्रतिस्पर्धा थप रोचक

काठमाडौं क्षेत्र न:२ मा शंकर दुलालको उम्मेदवारी सिफारिस, चुनावी प्रतिस्पर्धा थप रोचक

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host