सन्तोष प्रसाद तिवारी । १ कार्तिक, काठमाडौं ।
माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलिया र युरोपियन युनियनका महामहिम राजदुत H.E. Ms. Lorenzo Veronique बिच आज शिष्टाचार भेट भएको छ।थपलियासँग युरोपियन युनियनका निर्वाचन आयोग र युरोपियन युनियनबीचमा विगत दुई दशकयता भएका कार्यगत सम्बन्धहरूको समीक्षा गर्दै आगामी दिनमा द्विपक्षीय सम्बन्धलाई थप प्रभावकारी बनाउने विषयमा माननीय प्रमुख निर्वाचन राजदुतबीच छलफल भएको विज्ञप्ति मार्फत् जनाएको छ।
छलफलमा निर्वाचन व्यवस्थापन प्रकृयाको समग्र सुधारको निम्ति आयोगले तयार गरेको आयुक्त र महामहिम कार्ययोजनाका बारेमा अवगत गराइएको छ। साथै उक्त व्यवस्थापन सुधार कार्ययोजना कार्यान्वयन गर्न युरोपियन युनियन इच्छुक रहेको विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
भेटघाटमा निर्वाचन आयोगको सचिवालयका कर्मचारीहरू सहसचिव रमेश ढकाल, उपसचिव डा थानेश्वर भुसाल, शाखा अधिकृत श्रवणकुमार लुइटेल तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधि विजयराज तण्डुकार सहितको सहभागिता रहेको थियो । विज्ञप्तिकाे पुर्ण पाठ —–: