२ कात्तिक, काठमाडौँ । बुढानीलकण्ठ नगरपालिकाका महिला जनप्रतिनिधिहरु बिच सामाजिक रुपान्तरण र महिला जनप्रतिनिधि विषय माथि छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नगरपालिका भित्रका प्रत्येक वडाका महिला जनप्रतिनिधी-हरुको उपस्थितिमा भएको कार्यक्रममा स्थानीय तहबाट प्रदान गरिने विविध सेवाहरुलाई प्रभावकारी बनाउन तथा नगरवासी तथा नगरपालिकामा आफूले पाएका जिम्मेवारीहरुलाई अझै उपलब्धिमूलक बनाउनका लागि विविध विषयहरुमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ ।
आफ्नो वडा तथा नगरपालिकामा प्रभावकारी भुमिका निर्वाह गर्नका लागि प्रत्येक व्यक्तिको सामाजिक/ सांस्कृतिक आदत तथा आचरणहरु समेत रुपान्तरित हुँदै रुपान्तरित नेतृत्व स्थापित गर्न जरुरी भइसकेको विषयमा तरङ्गीणी फाउण्डे-सनका संस्थापक अध्यक्ष डा. रेणु अधिकारीले प्रस्तुतीकरण दिनुभएको थियो । कार्यक्रम नगर उपप्रमुख अनिता लामाको संयोजकत्वमा बुढानीलकण्ठ नगरपालिकाको महिला तथा बालबालिका शाखा तथा तरङ्गीणी फाउण्डेनको सहकार्यमा भएको हो ।