“सन्तोष प्रसाद तिवारी”- ३ कार्तिक २०८०,काठमाडौं । काठमाडौँ जिल्लाकाे एतिहासिक एवम् पर्यटकीय नगरी शंखरापुर नगरपालिकामा ‘विजेतालाई उत्कृष्ट पुरस्कार राशी’सहितकाे राष्ट्रिय बुद्धिचाल प्रतियोगिता खेल हुने भएको छ । शंखरापुर युथ क्लव (SYC) ले विजया दशमी, शुभ दीपावली , नेपाल सम्वत्(न्हू दं:या) तथा छठ पर्वको उपलक्ष्यमा बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने भएको जनाएको छ। खेलाडिहरुलाई प्रोत्साहन तथा खेलको निरन्तरताको लागि दोश्रो खुल्ला राष्ट्रिय स्तर फिडे रेपिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता ( Second National Open Rapid Rating Chess Tournament) गर्न लागेको हाे, सुचनामा जनाएको छ। प्रतियोगिता सन गार्डेन बैंक्वीट, शंखरापुर ७ मेलम्ची रोड, साँखुमा हुने छ।
करिब दुई दिन हुने प्रतियोगिता मिति २०८० कार्तिक २४ र २५ गते बिहान ११:०० बजेदेखि सुरु हुने छ,भने प्रतियोगितामा ईच्छुक खेलाडीहरु जाे काेहीले पनि भाग लिन सकिने SYC का एक सदस्यले बताए। दर्ताकाे लागि मिति २०८०-कार्तिक-२३ गते ९ बजेसम्म, खेलाडीकाे फाेटाे र नागरिकता सहित विवरण सम्बन्धित ठाउँमा बुझाउन पर्ने। प्रवेश शुल्क महिला र १६ वर्ष मुनिका खेलाडीलाई रु ५००,र अन्य सबै खेलाडीलाई रू.१००० लाग्ने छ। साथै अन्य विस्तृत जानकारीको सम्पर्ककाे लागि ‘ई.आर्बिटर ज्ञानेन्द्र खाईजु’ सम्पर्क नं.९८४१४३२९४२, ‘गंगालाल डंगोल’ सम्पर्क नं.९८४९३८३८८४, ‘कुमार महर्जन’ सम्पर्क नं.९८५११५१०८७, ‘प्रवेश डंगोल’ सम्पर्क नं.९८४३७८७१४७ हरु रहेका छन्।
खेल सम्बन्धि नियम, पुरस्कार र अन्य जानकारीका लागी QR code र E-Sewa मा हेर्नसकिन्छ।