५ कार्तिक,काठमाडौं । आइतबार बिहान गएको भूकम्पका कारण धादिङको ज्वालमुखी गाउँपालिका ५ कुमालटारीमा २० वटा घर भत्किएका छन् भने ७५ घर चर्किएका छन् ।
भूकम्पबाट भएको क्षतिको विवरण आउनेक्रम जारी रहेको पूर्ववडाध्यक्ष कृष्णप्रसाद काप्रीले बताए ।पटक–पटक चार म्याग्निच्युड भन्दामाथिका भूकम्पका परकम्पनहरु गएका कारण मानिसहरु घर बाहिर बसेको स्थानीय राजेश अधिकारीले बताए ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सन्तुलालप्रसाद जैसवारले चर्किएका घरहरुको विस्तृत विवरण संकलन जारी रहेको बताए । धादिङको साविक खरी गाविस केन्द्रविन्दू भई आज बिहान ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।रासस।