राजकुमार लामिछाने_ ६ कार्तिक २०८० ,काठमाडौँ । काठमाडौँकाे कागेश्वरी मनोहरा नगरपालिकाकाे वडा नं ५ थलि स्थित मिनिल्यान्ड तेक्वान्दो डोजाङ्गका डोजङ्ग प्रमुख दिपेश पौड्याललाई अन्तर्राष्ट्रिय पदक प्राप्त गर्न सफलता मिलेको छ।
नेपालको प्रतिनिधित्व गर्दै बङ्गलादेशमा भएको 1St Bangabandhu Open International Taekwondo Championship October 19/21 2023 मा (१८-३०)उमेर समुहमा दिपेश पौड्यालले कास्य पदक जित्न सफल भएका छन् ।
त्यसैगरि (१८-३०)उमेर समुहमा टिम पुम्सेमा दिपेश पौड्याल,सुनील शाक्य र प्रदीप गिरिले रजत पदक जित्न सफल भएका छन्। याे सँगै एक कस्य र एक रजत गरी नेपाललाई २ अन्तर्राष्ट्रिय पदक जिताउन सफल भएका छन् ।