ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

एनआरएनएको मार्च २–३ काठमाडौमा हुने ११ औं महाधिवेशन भव्य र ऐतिहासिक हुन्छः अध्यक्ष कुँवर


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

९ कात्तिक, काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआर एनए) का अध्यक्ष बिनोद कुँवरले मार्च २ र ३, २०२४ मा काठमाडौंमा हुने संघको ११ औं महाधिवेशन भव्य र ऐतिहासिक हुने बताएका छन् । कुँवरले संघको १० औं महाधिवेशनबाट देखा परेका समस्या पहिचान गरी हलबाटै निराकरण गर्ने व्यवस्था समेत गरेको बताए । शेष घले प्रमुख संरक्षक रहेको संघले आगामी मार्च २ र ३ गते काठमाडौँमा विश्व सम्मलेन वा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष कुँवरले १७ देशमा राष्ट्रिय समन्वय परिषद् बनिसकेका र १५ देशमा परिषद् बन्ने तयारीमा रहेको जानकारी पनि दिए । अध्यक्ष कुँवरले संघको उम्मेदवारी घोषणा गरेर संसारभारी घुम्ने, खर्च गर्ने, गुट–उपगुट बनाउने चलन रहेको बताउँदै त्यसलाई आफूहरुले बन्द गरेको बताए । संघको अवस्था, महाविधेशनको तयारी र संघलाई विवादरहित बनाउन अध्यक्ष कुँवरको ९ बुँदे योजनाः

ADVERTISEMENT

१. हामीले संघको १० औं महाधिवेशन भन्दा पहिला संघभित्र भएका प्रमुख समस्याहरुको पहिचान गरी १० औं महाधिवेशन हलबाट नै तिनीहरुको निराकरण, न्यूनीकरण र ब्यबस्थापन गर्न ब्यबस्था गरेका छौं । यसका लागि विधान शंसोधन, नीति–निर्माण र गतिविधिहरुको परवर्तन गरेका छौं । अनि त्यसै अनुसार पालन गर्दै गएका छौं । हामीमा विचलन र अस्थिरता छैन, निरन्तर र स्थिर छौं ।
२. १७ देशमा हाम्रो राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरु बनेका छन् । यो बर्षको अन्तसम्ममा अरु १० देखि १५ देशमा एनसीसी हुने द्रुत तयारी हुँदैछ । जति नै गफ दिएपनि अहिलेको अवस्थामा एनसीसी गठन हुने वा राष्ट्रिय माहाधिवेशन गर्ने देशहरु भनेका ४० को हाराहारीमा मात्र छन् । त्यसको अध्ययन हामीले गरेका छौं । हामी त्यो संख्याको नजिक पुग्ने छौं । बेलायत र युरोपमा विकल्प, रिट्रोएक्टिभ वा सुरुवात द्रुत गतिमा गर्दैछौं । यो क्षेत्रमा १० देखि १५ देशमा हामी स्थापित हुनेछौं । एसियामा दक्षिण कोरियाबाट बाटो खुलेको छ। यो सहित ६ देश तयारीमा छन् । मध्येपूर्व तथा अफ्रिका क्षेत्रमा ५÷६ देशमा, अमेरिका क्षेत्रमा ३ र ओसनीयामा ३ देशहरु राष्ट्रिय महाधिवेशनको तयारीमा छन्, यो क्रम बढ्दो छ ।
३. बिगतका महाधिवेशनहरुमा हुने गरेका प्रतिनिधि चयन निर्वाचन केन्द्रित भएर गरिन्थ्यो । संघभन्दा निर्वाचन मुख्य मान्दा विवाद धेरै आउने गथ्र्यो तर हामीले सबैलाई अबसर र स्वतः प्रतिनिधि हुने ब्यबस्था गरेका छौं । यसबाट विवाद र किचलो आउने ठाउँ रहन्न । सबै एनआरएनहरुले स्वइच्छाले नेपालमा उपस्थित भएर महाधिवेशनमा भाग लिन पाउँछन् । प्रविधिको बिरोध होइन तर हामीले अनलाइन भोटिङ गर्दैनौं । यसबाट नेपाल र एनआरएन दुवैको घाटा मात्र हुन्छ । यसका दर्जन भन्दा धेरै कारण छन् ।
४. उम्मेदवारी घोषणा गरेर संसारभारी घुम्ने, खर्च गर्ने, गुट–उपगुट बनाउने चलन छ । त्यसलाई निश्तेज गरेका छौं, एक हिसाबले बन्द नै गरेका छौं । चुनाव होइन हाम्रो फोकस संस्था हो । निर्वाचन एउटा प्रक्रिया हो, त्यसबाट नयाँ नेतृत्व चयन हुन्छ । निर्वाचनको प्रकृया सुरु भएपछि मात्र निर्वाचनको कुरा उठछ, अन्यथा हामी शान्तरुपमा जिम्मेवारी पूरा गर्छौं, काम गर्छौं र निरन्तर रहन्छौँ । योग्यता पुगेकामध्ये उम्मेदवारी मनोनयन दर्ता गर्ने जो कोहीलाई पनि मतदानबाट प्राप्त मतले जो बिजयी हुन्छ उसैले नेतृव लिने हो । चुनाव नै जीवनमरणको सवाल होइन यो एउटा नेतृत्व चयन गर्ने प्रक्रिया हो ।
५. अन्तर्राष्ट्रिय परिषदको अध्यक्ष हुन रोटेशन ब्यबस्था छ । बिधानअनुसार योग्यता पुगेका व्यक्तिले नेतृत्व लिने व्यवस्था सहज बनाइएको छ । त्यसका लागि नेपालका राजनैतिक पार्टीको प्रतिनिधि हुनु जरुरी छैन । केवल एनआरएनएको बिधान अनुसारको योग्य हुनु जरुरी छ ।
६. हामीले महाधिवेशन र कार्यक्रमहरुमा राजनैतिक पार्टीका प्रतिनिधि होइन, लाइन मिनिष्ट्रीसँग काम गर्ने हो । अन्यथा निर्वाचित जनप्रतिनिधिहरु मात्र आमन्त्रित गर्ने नीति तय गरेका छौं । यसबाट अनावश्यक व्यक्तिको उपस्थिति हुँदैन र स्थानीय तहदेखि संघीय तहसम्म जननिर्वाचित व्यक्तिहरुको सम्मान पनि हुन्छ । त्यसैले गर्दा हामीले नगरपालिका स्तरमा काम गर्न सुरुवात गरेका छौं ।

७. नेपालमा लगानी र एनआरएनए संस्था फरक रुपमा लैजानुपर्छ । एकै ठाउँमा जोड्नु हुँदैन भन्ने हाम्रा अग्रज तथा पूर्वअध्यक्ष डा. शेष घलेज्यूको निर्देशनलाई हामीले आदर्श मानेका छौं । यसले संघकलाई प्रयोग गरेर व्यक्तिगत लाभ उउठाउने काम बन्द हुन्छ र संघ बलियो हुन्छ ।
८. खुशी र रमाइलो कुरा भनेको हामीसँग काम गर्नुहुने मिहेनती साथीहरु हुनुहुन्छ । संख्या र भिड भन्दा पनि विवाद कम र काम धेरै गर्नुहुन्छ ।
९. अन्तिम र महत्वपूर्ण कुरा, हामीले सबै एनआरएनहरुलाई ढोका खोलेका छौं । बाटो बिराएर गएका, छुटेका, नयाँ तथा पुराना सबैलाई निमन्त्रणा गरिएको छौं । यसर्थ पनि यो महाधिवेशन सान्दार, सभ्य, भब्य, सम्मानजनक अनि ऐतिहासिक हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सेल्फल्याण्डिङ्ग साम्यवाद नयाँ प्रारम्भ  “सन्ताेष प्र. तिवारी”

सेल्फल्याण्डिङ्ग साम्यवाद नयाँ प्रारम्भ  “सन्ताेष प्र. तिवारी”

छापा पत्रकारिता सम्भावना र रणनीति

छापा पत्रकारिता सम्भावना र रणनीति

आजको मान्छे ढोंग, पाखण्ड र बदलिँदो समाज

आजको मान्छे ढोंग, पाखण्ड र बदलिँदो समाज

मार्क्सवादी  दर्शन शास्त्र हाफ फिलोसोफी

मार्क्सवादी दर्शन शास्त्र हाफ फिलोसोफी

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न

विश्वव्यापी विरोध प्रदर्शन कारण र प्रभाव

विश्वव्यापी विरोध प्रदर्शन कारण र प्रभाव

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host