१३ कात्तिक, काठमाडौं । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि १९ जनाको आवेदन परेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि १९ जनाको आवेदन परेको बैंकले जनाएको छ । यसमा समता पन्त, देवेश प्रसाद लोहनी, अशोक कुमार पौडेल, विभु प्रसाद अर्याल, रमेश प्रसाद जोशी, शंकर केसी, रामदेव यादव, सुन्दर पन्थी, लक्ष्मण पौडेल, दिर्घ बहादुर अर्याल, ध्रुव चन्द्र गौतम र कृष्ण प्रसाद आचार्यको आवेदन परेको बैंकले जनाएको छ ।
त्यसैगरी, छपिराज पन्त, राजुनाथ खनाल, बिष्णुदेव यादव, प्रमोद बाबू तिवारी, सुरेन्द्र भुषण श्रेष्ठ, प्रताप सुवेदी, र तिलक राज पाण्डेयको पनि आवेदन परेको छ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्य-योजनाको मूल्यांकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई सर्ट लिष्टिङ गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ । यसअघि नेपाल बैंकको सीइओ कृष्ण बहादुर अधिकारी रहेका थिए । अधिकारीको कार्यकाल असोजमा सकिएपछि बैंकले विज्ञापन प्रकाशित गरी कात्तिक १२ गतेसम्म सीइओका लागि आवेदन दिन सकिने जनाएको थियो ।