१५ कात्तिक, ललितपुर । गाेदावरी चेम्बर अफ कमर्स एन्ड ईड्रष्टिजले गोदावरी हाट बजार सञ्चालन गर्ने भएको छ। कार्यक्रम सम्बन्धी सुचना प्रकाशन गर्दै जानकारी गराएको हो। हाटबजार गोदावरी नगरपालिका वडा नं.१४ स्थित ठैव, फुल्चोकी मन्दिर परिसरमा यहि कात्तिक २४ गतेबाट दिनको ३:०० बजे देखि साँझ ७:०० बजे सम्म सञ्चालन गरिने सुचनामा उल्लेख गरिएकाे छ। संघले गाेदावरी उद्योग वाणिज्य संघ र ललितपुर जिल्लाकाे गोदावरी नगरपालिका वडा नं. १४ को सहकार्यमा आयोजना हुन गइरहेको गोदावरी हाट बजार कार्यक्रमको स्थान, मिति र समयमा संचालन हुने व्यहोरा सहितको सुचना प्रकाशन गरेको हाे।
साथै विस्तृत जानकारी र स्टल बुकिङको लागि यथाशीघ्र सम्पर्क गर्न सम्बन्धित निकायलाई जानकारी गराउन सुचना मार्फत अनुरोध गरेकाे छ। सम्पर्कको लागि :प्रभाकर लाल श्रेष्ठ _ ९८५१०४०५५१, लक्ष्मी नारायण श्रेष्ठ_९८५६०७०४२०७, शुरेस बज्राचार्य_ ९८५१०८३२०३, मुकेश मर्हजन (का. स, गोवरी उद्योग वाणिज्य संघ)_ ९८०११६८२५९ लगायतबाट विस्तृत जानकारी लिन सकिनेछ। सुचनाको मुलभुत सार यस्तो छ –
दिब्य न्युज संवाददाता।