१६ कात्तिक, काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेका राम्रा कामहरू-बाट परिवर्तनविराेधी -हरू तिलमिलाएकाे बताउनुभएको छ ।सत्तारूढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले पार्टीको बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय समितिका केन्द्रीय सदस्य, आयाेग र प्रदेश पदाधिकारी बैठकमा सम्वाेधन गर्दै परिवर्तन विराेधीहरूकाे षड्यन्त्र निरन्तर असफल बनाउँदै आएको बताउनुभयाे।उहाँले भन्नुभयाे- याे सरकारलाई के गरि असफल पार्न सकिन्छ र गठबन्धन के गरि ताेड्न सकिन्छ भनेर एक थरी शक्ति र तत्व न्वारानदेखिकाे बल लगाएर लागिरहेका छन्, नाै महिनामा ७ जना त प्रधानमन्त्री तयार गरिसके । तर सबै प्रयास सरकार र नेतृत्वले असफल पारिरहेको छ ।
अझै पनि त्यस्ता प्रतिगामी षड्यन्त्रहरू चलिरहेको बताउँदै असफल पारिछाड्ने बताउनुभयो ।प्रचण्डले माओवादी केन्द्रले चलाएकाे अभियान मुलभुत रूपमा सफल रहेको र पहिले भन्दा गम्भीर र जनतासँग जाेडिएकाे पाएकाे बताउनुभयाे । उहाँले जनता नै ईतिहासका निर्माता भएकाे र जनतासँग जाेडिने कुरानै प्रधान विषय भएको दाेहाेर्याउनुभयाे ।
अभियानबाट पार्टी देशभर चलायमान र व्यवस्थित हुँदै गएको कुरा विराेधिहरूले समेत भनेकाे बताउँदै उहाँले अब जनतालाई परिचालन गर्ने तर्फ अभियान केन्द्रित गर्नुपर्ने बताउनुभयाे । प्रचण्डले जनतालाई सरकारले गरेका कामकाे जानकारी दिन, परिवर्तनको पक्षमा जागरुक गर्न र प्रतिगमनकारी प्रवृत्तिलाई खबरदारी गर्न आगामी मंसिर २२ गते जनपरिचालन गर्ने याेजना रहेको जानकारी दिनुभयाे । उहाँले जनपरिचा -लनलाई माओवादीले सडक संघर्ष गर्न लाग्याे भनेर मिडियामार्फत परिवर्तन विराेधीले स्याल हुईँया मच्चाएको बताउँदै जनतालाई सत्य के बताउन जरुरी रहेको बताउनुभयाे ।
उहाँले भन्नुभयाे- माओवादीकाे नेतृत्वमा सरकारले मिटरब्याज पीडितलाई कसरी न्याय दिईयाे, नागरिकता नपाएर विक्षिप्त भएकालाई नागरिकता दिलाउने काम गरियाे, बैदेशिक राेजगारिमा रहेका मजदु -रहरूलाई सामाजिक सुरक्षा काेषमा आवद्व गर्ने निर्णय गरियाे, देश भित्रै अनाैपचारिक क्षेत्रमा रहेका ४० लाख युवाहरूलाई सामाजिक सुरक्षा काेषमा आवद्व गराइयाे, उत्पादन र राेजगारीकाे लागि सरकारले विषम परिस्थितिमा पनि बजेट छुट्टयाइएको र १५ अरब रकम गाउँ पुर्याउन खाेजिएकाे छ । उहाँले भ्रष्टाचार विरूद्वकाे अभियानलगायतका कामहरू हल्ला नगरी परिणाम देखिने गरि गरिएको बताउँदै जनतामा यसकाे बारेमा जानकारी दिन नपुगेको बताउनुभयो ।