डोटी, १६ कात्तिक। जोरायल गाउँपालिका-१ घोरडीस्थित सकडमा सु.प.प्र.०१००२ त ६७२३ नम्बरको ट्याक्टर अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार कैलाली गौरीगंगा नगरपलिका-७ मटकोना बस्ने १८ वर्षीय शलिन राना मास्केमगरको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार अन्य १९ जनालाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ । प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।