१७ कात्तिक, काभ्रे। प्रहरीले काभ्रेभन्ज्याङ्बाट करिब १० कुइन्टल चिनी बरामद गरेको छ । बिहान १०:०० बजे देखी दिउँसो ४:३० बजे सम्म धुलिखेल न.पा. ९ काभ्रेभञ्ज्याङ चेक पोष्ट अगाडी नेपाल प्रहरी र ट्राफिक प्रहरी सहितको टाेलीबाट संयुक्त चेकिङ गर्दा पुर्वको बिभिन्न स्थानबाट आएको बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा अंदाजि ३३ वटा बोरामा अवैध रुपमा लुकाई छिपाई ल्याएको अंदाजि १० कुईन्टल (१००० के. जि. ) बराबरको चिनि बरामद गरि आवश्यक अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ । अर्बिन्द गाैतम।