१८ कात्तिक,काठमाडौं । जाजरकोटलाई केन्द्र बनाएर हिजो मध्यराति गएको भूकम्पमा परी अहिलेसम्म ८० जनाको ज्यान गएको छ । जसमध्ये जाजरकोटका ४४ र रुकुमपश्चिममा ३६ जना रहेको प्रहरीले जनाएको छ । यस्तै, भूकम्पमा परी करिब १ सय ४० जना घाइते भएका छन् । मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने प्रहरीको जनाएको छ । गएराती ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।