१८ कात्तिक, बाँके – कोहलपुर । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा चर्च व्वाईज यूनाईटेडले (३_०) गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३_०) ले पराजित गर्दै फाइनलमा पुगेको हो । चर्च व्वाईज यूनाईटेडका खेलाडी सुशान श्रेष्ठ (३६ मिनेट), विशाल बस्नेत (५७ मिनेट) र आरुज सिंह (७६ मिनेट) मा गोल गरेका थिए । चर्च व्वाईज क्लबका खेलाडी विशाल बस्नेतले म्यान अफद म्याज धोषित भएका थिए भने उहाँलाई नगद रु ४ हजार रकम उपलब्ध गराइएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ५ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिनुभएको छ । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ४० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताउनुभएको छ । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ का मुख्य प्रयोजक नेपाल टेलिकम दुरसञ्चार रहेको छ भने मिडिया पाट्नर ‘द काठमाण्डौं पोष्ट’ र कोहलपुर टुडे डटकम रहेको छ ।
आज १८ गते शनिबार नेपाल आर्मी र विएफसी चितवन विच प्रतिस्पर्धा हुने-
कोहलपुर नगरपालिका २ तेह्र विगाहमा सञ्चालनमा रहेको ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगितामा भोली (शनिबार) त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं र वि.एफ.सी. चितवन क्लब चितवन विच खेल हुने खेल संयोजक राम बहादुर मल्ले जानकारी दिनुभएको छ । ३ बजेबाट खेल सुरु हुनेछ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । सन्तोष प्रसाद तिवारी । समाचार सम्प्रेषण ( news maker)। स्राेत:Kohalpurtoday26@gmail.com