१९ कात्तिक, काठमाडौँ। नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा उद्वार एवम् सहयोगमा सहजताको लागि नेपाल टेलिकमले आफ्नो सबै सेवा प्रदान गर्ने र पाँच दिनका लागि महत्त्वपूर्ण सेवाहरू निशुल्क गर्ने विज्ञप्ति मार्फत जनाएको छ। कात्तिक १८ गते एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै सेवा प्रदान सम्बन्धमा जानकारी गराएको हो । हाल भूकम्प प्रभावित रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा नेपाल टेलिकमका सम्पूर्ण सेवाहरु सुचारु रहेको जानकारी गराइन्छ, विज्ञप्तीमा भनिएको छ। साथै यस विषम परिस्थितिमा नेपाल टेलिकम आफ्नो कर्तव्य बोध गर्दै सबै प्रकारका दूरसञ्चार सेवाहरुलाई नियमित रुपमा सुचारु राख्ने प्रतिबद्धता समेत व्यक्त गर्दछौँ ।
सूचना आदान–प्रदानलाई निरन्तरता दिन उक्त क्षेत्रमा रहनुभएका कम्पनीका सम्पूर्ण मोबाइल ग्राहकहरूलाई पाँच (४) दिनको अवधिका लागि निःशुल्क Voice तथा सेवा उपलब्ध गराइएको छ । यसका अतिरिक्त उक्त क्षेत्रमा पाँच (४) दिनको अवधिका लागि निःशुल्क Voice तथा SMS सेवा सहितको निःशुल्क सिम उपलब्ध गराइनेछ । उक्त सिम कम्पनीको सुर्खेत, रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोटका कार्यालयबाट उपलब्ध हुनेछ । उद्धार क्षेत्रमा सूचना आदान- प्रदान गर्न आवश्यकता अनुसार निःशुल्क सेवा उपलब्ध गराइनेछ ।
साथै विज्ञप्तीमा यो पनि भनिएको छ की – नेपालको रुकुम पूर्व, रुकुम पश्चिम र जाजरकोट क्षेत्रमा गए राति गएको शत्तिशाली भूकम्पमा दिवंगत हुनु भएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली तथा चीर शान्तिको कामना गर्दछौँ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौँ । आवश्यक सेवा सम्बन्धी समन्वयका लागि निम्न बमोजिम कर्मचारीहरुलाई सम्पर्क गर्न सकिनेछ, सम्पर्कको लागि:प्रकाशचन्द्र सिग्देल – ९८४१०२१७५०,जनक डाँगी – ९८४११०९९४४,ओम प्रकाश ढकाल – ९८४१३५७८७० लगायतलाई सम्पर्क गर्न सकिन्छ।