१९ कात्तिक,काठमाडौँ। काठमाडौँकाे शंखरापुर नगरपालिका वडा नंवर ३ ढलान पुल देखि अ. सय मिटर माथि फेदीमा मेलम्चीबाट बालुवा लिएर आएकाे ट्रिपर दुर्घटना भएकाे छ। बा ३ क २४०७ नम्बरकाे ट्रिपर दिउँसो अन्दाजी ४:३० बजे दुर्घटना भएकाे प्रत्यक्ष दर्शिले बताए। ट्रिपरमा सवार चालक र सहचालक घाइते रहेको र उपचारको लागि सुष्मा काेईराला मेमाेरियल अस्पताल सलम्बुटारमा लगिएको , हाल घाइते सामान्य अवस्थामा रहेकाे स्राेतले जनाएको छ। दुर्घटना कसरी , किन भयाे भन्ने बारे इलाका प्रहरी कार्यालय साँखुले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। दिब्य न्युज संवाददाता।