“सन्तोष प्रसाद तिवारी”- २४ कार्तिक २०८०,काठमाडौं । काठमाडौँ जिल्लाकाे एतिहासिक एवम् पर्यटकीय नगरी शंखरापुर नगरपालिकामा ‘विजेतालाई उत्कृष्ट पुरस्कार राशी’सहितकाे राष्ट्रिय बुद्धिचाल प्रतियोगिता खेल आजबाट (२४ गते) सुरु भएको छ । आज ११:०० बजेबाट सुरु भएको साे प्रतियोगिता करिब दुई दिन (२४ र २५) गतेसम्म हुनेछ । शंखरापुर युथ क्लव (SYC) ले विजया दशमी , शुभ दीपावली , नेपाल सम्वत्(न्हू दं:या) तथा छठ पर्वको उपलक्ष्यमा विजेता-लाई आकर्षक पुरस्कार सहित बुद्धिचाल प्रतियोगिताको आयोजना गरेको जनाएको छ।
खेलाडिहरुलाई प्रोत्साहन तथा खेलको निरन्तरताको लागि दोश्रो खुल्ला राष्ट्रिय स्तर फिडे रेपिड रेटिङ्ग बुद्धिचाल प्रतियोगिता ( Second National Open Rapid Rating Chess Tournament) चाडपर्वकाे विशेष अवसर पारेर गरेको , एक आयाेजकले बताए।प्रतियोगिता सन गार्डेन बैंक्वीट , शंखरापुर ७ मेलम्ची रोड , साँखुमा भएको छ। प्रतियोगितामा ८७ जना खेलाडीले प्रत्यक्ष भाग लिएका थिए । खेलाडीहरुले काठमाडौँ ,भक्तपुर , नुवाकोट , कञ्चनपुर , काभ्रे , महाेत्तरी , दैलेख , ललितपुर , राैतहत , दाेल्खा , कास्की , भाेजपुर , मकवानपुर , लगायतका जिल्लाहरुबाट उक्त प्रतियोगितामा प्रतिस्पर्धाका लागि भाग लिएकाे आयाेजकले बताए , साथै फाइनल नक आउट गेमको प्रतिस्पर्धा भाेलि हुने आयाेजक टिमले बताए ।