२४ कात्तिक , काठमाडौँ । काठमाडौँ जिल्लाको एतिहासिक एवम् पर्यटकीय नगरी शंखरापुर नगरपालिकाको वडा न.२ पटाप स्थित खुल्ला पुरुष भलिबल प्रतियोगिता २०८० हुने भएको छ। अयोजक समितिले बताए अनुसार-प्रतियोगिता-यहि कात्तिक २७ र २८ गते हुने भएको छ। खेलमा ईच्छुक खेलाडीहरु जाे काेहीले पनि भाग लिन सकिनेछन्। खेलमा सहभागी जनाउन दर्ता गर्नुपर्नेछ भने शुल्क रु, १५०० बुझाउन पर्नेछ। दर्ताकाे लागि पटाप स्थित स्कुल डाँडामा सम्पर्क गर्न सकिन्छ। साथै विजेतालाई आकर्षक नगद सहितकाे पुरस्कार राशीकाे व्यवस्था गरिएकाे छ। पुरस्कार राशीमा – प्रथम रु,३०००० दुतिय रु. १५००० तृतिय रु, ८००० रहेको छ। सन्तोष प्रसाद तिवारी।