२५ कात्तिक, काठमाडौँ । नेपाल टेलिकमको आर्थिक वर्ष २०८०/८१ को (unaudited) को सारांश: प्रथम त्रैमासिकको वित्तीय विवरण लेख एक सुचना प्रकाशन गर्दै सार्वजनिक भएको छ । विवरण यस्तो छ -:
(क) आय:
१. चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल आय रु. १० अर्ब ६५ करोड ८७ लाख ९३ हजार रहेको । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को कूल आय रु. ११ अर्ब ५ करोड ९० हजार को तुलनामा रु. ३९ करोड १२ लाख ९७ हजार (अर्थात ३.४५ प्रतिशत) ले कमी भएको ।
२. चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको कुल सञ्चालन आय रु. ८ अर्ब ४८ करोड ४० लाख ६३ हजार रहेको । उक्त रकम गत आ.व. को सोही अवधि २०७९आश्विन मसान्त) को कुल सञ्चालन आय रु. ९ अर्ब ७ करोड ७४ लाख ८५ हजारको तुलनामा रु. ५९ करोड २४ लाख २१ हजार (अर्थात, ४.५३ प्रतिशत) ले कमी भएको ।
(ख) मुनाफा:
१. चालु आ.व. को प्रथम त्रैमासिक अवधि (२०८० आश्विन मसान्त) सम्मको खुद मुनाफा रु. २ अर्ब २ करोड ७५ लाख ३२ हजार रहेको । उक्त रकम गत आ.व. को सोही अवधि (२०७९आश्विन मसान्त) को खुद मुनाफा रु. २ अर्ब २२ करोड ४४ लाख ६ हजारको तुलनामा रु. १९ करोड ८० लाख ७५ हजार (अर्थात, ८.९० प्रतिशत) ले कमी भएको ।
२. कम्पनीको प्रति शेयर आम्दानी यस त्रैमासिक अवधिमा रु. ५४.०४ रहेको ।
(ग) गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा चालु आ.व. सोही अवधिमा राजश्व तथा खुद मुनाफामा परिवर्तन हुनुका प्रमुख कारणहरु निम्नानुसार रहेका छनः
• सेवाको बढदो प्रयोगका कारण अन्तरआबद्धता आयमा गत आ.व. को प्रथम त्रैमासिक अवधिको तुलनामा करिब रु. ५९ करोड १५ लाख ८४ हजारले कमी भएको ।
• आर्थिक मन्दीको कारण कम्पनीको सेवा प्रयोगमा तुलनात्मक रुपमा कमी आएको ।
• विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु. ५ करोड ९९ लाख Foreign exchange gain भएको ।
• प्रतिकुल मौसमका कारण विद्युत आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साईटहरु समयमा सञ्चालन हुन नसकेको ।
• विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केवल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको ।
• राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको।
• सेवाको दररेट निर्धारण सम्बन्धी नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको ।
• बैंक व्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु १४ करोड ८१ लाखले कमी भएको । विवरणको मुलभुत सारकाे जानकारी-