२ मङ्सिर , काठमाडौँ । काठमाडौँ जिल्लाको शंखरापुर नगरपालिकाको वडा न.३ बाेजेनी स्थित गए राती स्थानीय र प्रहरीबीच झडप हुँदा डिएसपी सहितकाे ३ टाेली घाइते भएका छन्। अमेरिकी सहयाेगमा निर्माणाधिन अवस्थामा रहेकाे MCC परियाेजना अन्तर्गतकाे साे ४०० केभिकाे प्रसारण लाइनको सबस्टेसनमा स्थानीयकाे विराेधकाे बावजूद प्रहरीले निर्माणाधीन कम्पनीको सुरक्षा हेतु सुरक्षा क्याम्प राख्ने तयारी गर्दा झडप भएको थियो। झडपमा संलग्न स्थानीयलाई गएराति ४ र शनिवार बिहान ११ जनालाई प्रहरीले आवश्यक अनुसन्धानकाे लागि भन्दै पक्राउ गरेकाे छ।
लामाे समयदेखि विवाधमा रहेको लप्सेफेदिकाे बाेजेनिमा रहेको सबस्टेसनकाे निर्माण कार्य अगाडी बढेसँगै स्थानीय र परियाेजना निमार्ण बिच केही असन्तुष्टि र मतभिन्नता रहेको थियो। परियाेजनाले स्थानीयसँग मुआब्जा सहितको प्रभावित क्षेत्रकाे घर-जग्गा खरिद गरिसकेपनि केही व्यक्तिहरूकाे थाेरै प्रक्रिया नपुगेर राेकिएकाे र त्याे पनि प्रक्रियामा रहेको विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकले बताएका थिए । साथै स्थानीय र MCC परियोजना बिचकाे सम्झौता बमोजिम काम नभएको, वरपरको बस्ती पनि जोखिममा हुने हुँदा त्यसकाे दिर्घकालिन समाधान र उचित व्यवस्थापन गरिनु पर्ने भन्दै स्थानीय आन्दोलनमा उत्रिएकाे एक स्थानीयले बताए।