सन्तोष प्रसाद तिवारी। २०८० मङ्सिर ८ काठमाडौँ । दुर्गा प्रसाईं नामको एक कम्पनीले मिटर ब्याजि र वित्तीय संस्थाहरुबाट ऋण लिनेले तिर्न नपर्ने माग गर्दै आन्दोलन गरेकाे छ। २० लाख रूपैयाँभन्दा कम सबै ऋण माफ गर्ने भन्दै आन्दोलन चर्काउने घोषणा सहित मंसिर ७ गते काठमाडौंमा अराजक गतिविधिमा अराजक माग राख्दै आन्दोलन गरेकाछन्। यदि कर्जा लिनेले ऋण नतिरे खर्बभन्दा बढी पैसामा गणना हुने साे पैसा वित्तीय संस्थाहरु एवम् बैंकहरूले लगानी गरेका छन् यद्यपि यि सबै पैसा सर्वसाधारण बचतकर्ताको हो। यदि याे पैसा नतिर्ने हाे भने बैंक लगायत वित्तीय संस्थाहरुले नागरिककाे पैसा कसरी तिर्दिने,के यि संस्थाहरुले पनि अब अब पैसा नतिर्ने भनेर आन्दोलन गर्ने त?रु.५०० कराेड ऋण भएको र रु.५००० कराेड सम्पत्ति आफुसँग भएको दाबी प्रसाईं स्वयंले हरेक ठाँउमा सार्वजनिक गर्दै आएका छन्। यसकाे अर्थ के हुन सक्छ सम्बन्धित निकायले ध्यान दिनुपर्ने र छानविन गर्न पर्ने देखिन्छ । अहिले दुर्गा प्रसाईलाई मसला बनाएर अराजक र अनैतिक मागलाई समर्थन गर्दै राजावादीहरू सलबलाएको देखिन्छ । यहाँ सम्मकी गणतन्त्र, लाेकतन्त्र, प्रजातन्त्रबाट स्थापित भइ निर्वाचित भएका राप्रपाका जननिर्वाचित सांसद ज्ञानेन्द्र ब. साही समेत आफ्नो हैसियत बिर्सिएर सार्वजनिक रुपमै लाेकतन्त्र र प्रजातन्त्रकाे धज्जी उडाउँदै मजाक बन्दै आएका छन् ।
किन लाेकतन्त्र, गणतन्त्र र प्रजातन्त्रमाथि प्रहार भईरहेको छ?
लाेकतन्त्र, गणतन्त्र, प्रजातान्त्र विश्व मानव समुदायका लागि आफैंमा एउटा उत्तम र सर्वव्यापी मान्यता प्राप्त व्यवस्था हाे। यसलाई कसैले नकार्न सक्दैन। कुनै समय राजा महाराजा भन्नेहरुले नै प्रजातान्त्रकाे लागि आवाज उठाए। जब श्री ३ हरुले श्री ५ हरुलाई दबाएर शासन सत्ता आफ्नो कब्जामा लिई देशमा हुकिमि शासन चलाइरहेका थिए। अर्थात् निरंकुशता लादेका थिए। यहि पिडाबाट मुक्ति पाउन र प्रजातन्त्रको स्थापना हेतु श्री५ हरुले पनि एउटा यस्तो अवसर खाेजिरहे जसलाई भुमिगत, साहसिक,निडर र क्रान्तिकारी संगठनहरूको आवश्यकता थियो। यसकाे लागि वि.सं १९९० बाटै भुमिगत रुपमा विद्रोह हुन थाल्यो, प्रजातन्त्रवादीहरुकाे आन्दोलन निरन्तर चलिरह्यो फलस्वरूप यसकाे नतिजा वि.स. १९९७ मा चार जना नेतृत्वहरु सहिद बन्न पुगे। यसकाे बाबजुद पनि परिवर्तनकारी आवाज, स्वतन्त्रता र मुक्तिका पाईलाहरु अझ बढि शसक्त र बहुसंख्यक रुपमा बढदै गयो,वि.स.२००७ सालमा प्रजातन्त्र आयाे। याे प्रजातान्त्र केबल जनता,नेताका लागि मात्र थिएन सिंगाे देश र राजाका लागि पनि थियो।
देशमा प्रजातान्त्र पछि राजनिति घटना क्रमले विभिन्न रुप लिँदै,जनताकाे चाहना, ईच्छा अनुसारकाे अभ्यास हुँदै आईरहेको पाइन्छ। राजाकै पालामा प्रजातन्त्र, पञ्चायती व्यवस्था,वि.स. २०४६/४७ जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्था र २०६२/६३ काे विशाल जनआन्दोलनमा सहभागी क्रान्तिकारी पार्टी सहित सात दल र सिंगाे जनसागरले ल्याएकाे लाेकतन्त्र र गणतन्त्र आएकाे छ भने,आज केही अराजक तत्व वा झुण्ड हरुले गणतन्त्रकै काँखमा बसेर गणतन्त्रकै विराेध गरिरहँदा हास्यस्पद हुन जान्छ। यता गणतन्त्र विराेधिकाे साथमा जनताकाे भिड देख्दा के जनताले स्वतन्त्रता नचाहेको हाे त। यसाे भनिरहँदा अत्युक्ति नहोला तर सत्यता याे हाे कि नागरिकमा चेतना र चिन्तनकाे कमि चाहिँ पक्कै हाे। अर्काे कुरा विभिन्न तन्त्रकाे नाममा दलहरुले गरेकाे आपराधीक क्रियाकलाप, भ्रष्टाचार, कानुनी राज्यको उपहास,गलत नेतृत्व चयन,जात र धर्मको नाममा कालाे राजनिति यावत् जनविरोधी कर्तुतहरुले आम नागरिकमा नैराश्यता, वितृष्णा र कमजाेर मनाैवैज्ञानिक धारणा बसिसकेको देखिन्छ। यसकै लाभ उठाउदै गणतन्त्र विराेधिहरु अगाडि बढेका छन्। अर्थात दलहरु प्रति जनताकाे विषवमन गणतन्त्र विराेधिका लागि अमृत सरह बनेको छ। त्यसैले व्यवस्था बदलेर पुग्दैन अवस्था बदल्न जरुरी छ। राजनिति दल, नेतृत्व ईमान्दार भई जनता सामु उभिने हैसियत राख्नुपर्छ,एक झिल्को आगाेलाई कमजाेर साेच्न हुदैन, अवस्था र परिस्थितिले पुरै सखाप पार्नसक्छ।