ADVERTISEMENT
Dibay News
                                                         
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
TRENDING
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English
                                                         
No Result
View All Result

Logo
                                  
No Result
View All Result
   
                                                     
ADVERTISEMENT

मंसिर ७ काे आन्दोलन कसका लागि


ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT

सन्तोष प्रसाद तिवारी। २०८० मङ्सिर ८ काठमाडौँ । दुर्गा प्रसाईं नामको एक कम्पनीले मिटर ब्याजि र वित्तीय संस्थाहरुबाट ऋण लिनेले तिर्न नपर्ने माग गर्दै आन्दोलन गरेकाे छ। २० लाख रूपैयाँभन्दा कम सबै ऋण माफ गर्ने भन्दै आन्दोलन चर्काउने घोषणा सहित मंसिर ७ गते काठमाडौंमा अराजक गतिविधिमा अराजक माग राख्दै आन्दोलन गरेकाछन्। यदि कर्जा लिनेले ऋण नतिरे खर्बभन्दा बढी पैसामा गणना हुने साे पैसा वित्तीय संस्थाहरु एवम् बैंकहरूले लगानी गरेका छन् यद्यपि यि सबै पैसा सर्वसाधारण बचतकर्ताको हो। यदि याे पैसा नतिर्ने हाे भने बैंक लगायत वित्तीय संस्थाहरुले नागरिककाे पैसा कसरी तिर्दिने,के यि संस्थाहरुले पनि अब अब पैसा नतिर्ने भनेर आन्दोलन गर्ने त?रु.५०० कराेड ऋण भएको र रु.५००० कराेड सम्पत्ति आफुसँग भएको दाबी प्रसाईं स्वयंले हरेक ठाँउमा सार्वजनिक गर्दै आएका छन्। यसकाे अर्थ के हुन सक्छ सम्बन्धित निकायले ध्यान दिनुपर्ने र छानविन गर्न पर्ने देखिन्छ । अहिले दुर्गा प्रसाईलाई मसला बनाएर अराजक र अनैतिक मागलाई समर्थन गर्दै राजावादीहरू सलबलाएको देखिन्छ । यहाँ सम्मकी गणतन्त्र, लाेकतन्त्र, प्रजातन्त्रबाट स्थापित भइ निर्वाचित भएका राप्रपाका जननिर्वाचित सांसद ज्ञानेन्द्र ब. साही समेत आफ्नो हैसियत बिर्सिएर सार्वजनिक रुपमै लाेकतन्त्र र प्रजातन्त्रकाे धज्जी उडाउँदै मजाक बन्दै आएका छन् ।

किन लाेकतन्त्र, गणतन्त्र र प्रजातन्त्रमाथि प्रहार भईरहेको छ?

ADVERTISEMENT

लाेकतन्त्र, गणतन्त्र, प्रजातान्त्र विश्व मानव समुदायका लागि आफैंमा एउटा उत्तम र सर्वव्यापी मान्यता प्राप्त व्यवस्था हाे। यसलाई कसैले नकार्न सक्दैन। कुनै समय राजा महाराजा भन्नेहरुले नै प्रजातान्त्रकाे लागि आवाज उठाए। जब श्री ३ हरुले श्री ५  हरुलाई दबाएर शासन सत्ता आफ्नो कब्जामा लिई देशमा हुकिमि शासन चलाइरहेका थिए। अर्थात् निरंकुशता लादेका थिए। यहि पिडाबाट मुक्ति पाउन र प्रजातन्त्रको स्थापना हेतु श्री५ हरुले पनि एउटा यस्तो अवसर खाेजिरहे जसलाई भुमिगत, साहसिक,निडर र क्रान्तिकारी संगठनहरूको आवश्यकता थियो। यसकाे लागि वि.सं १९९० बाटै भुमिगत रुपमा विद्रोह हुन थाल्यो, प्रजातन्त्रवादीहरुकाे आन्दोलन निरन्तर चलिरह्यो फलस्वरूप यसकाे नतिजा वि.स. १९९७ मा चार जना नेतृत्वहरु सहिद बन्न पुगे। यसकाे बाबजुद पनि परिवर्तनकारी आवाज, स्वतन्त्रता र मुक्तिका पाईलाहरु अझ बढि शसक्त र बहुसंख्यक रुपमा बढदै गयो,वि.स.२००७ सालमा प्रजातन्त्र आयाे। याे प्रजातान्त्र केबल जनता,नेताका लागि मात्र थिएन सिंगाे देश र राजाका लागि पनि थियो।

देशमा प्रजातान्त्र पछि राजनिति घटना क्रमले विभिन्न रुप लिँदै,जनताकाे  चाहना, ईच्छा अनुसारकाे अभ्यास हुँदै आईरहेको पाइन्छ। राजाकै पालामा प्रजातन्त्र, पञ्चायती व्यवस्था,वि.स. २०४६/४७ जनआन्दोलनबाट प्राप्त बहुदलीय व्यवस्था र २०६२/६३ काे विशाल जनआन्दोलनमा सहभागी क्रान्तिकारी पार्टी सहित सात दल र सिंगाे जनसागरले ल्याएकाे लाेकतन्त्र र गणतन्त्र आएकाे छ भने,आज केही अराजक तत्व वा झुण्ड हरुले गणतन्त्रकै काँखमा बसेर गणतन्त्रकै विराेध गरिरहँदा हास्यस्पद हुन जान्छ। यता गणतन्त्र विराेधिकाे साथमा जनताकाे भिड देख्दा के जनताले स्वतन्त्रता नचाहेको हाे त। यसाे भनिरहँदा अत्युक्ति नहोला तर सत्यता याे हाे कि नागरिकमा चेतना र चिन्तनकाे कमि चाहिँ पक्कै हाे। अर्काे कुरा विभिन्न तन्त्रकाे नाममा दलहरुले गरेकाे आपराधीक क्रियाकलाप, भ्रष्टाचार, कानुनी राज्यको उपहास,गलत नेतृत्व चयन,जात र धर्मको नाममा कालाे राजनिति यावत् जनविरोधी कर्तुतहरुले आम नागरिकमा नैराश्यता, वितृष्णा र कमजाेर मनाैवैज्ञानिक धारणा बसिसकेको देखिन्छ। यसकै लाभ उठाउदै गणतन्त्र विराेधिहरु अगाडि बढेका छन्। अर्थात दलहरु प्रति जनताकाे विषवमन गणतन्त्र विराेधिका लागि अमृत सरह बनेको छ। त्यसैले व्यवस्था बदलेर पुग्दैन अवस्था बदल्न जरुरी छ। राजनिति दल, नेतृत्व ईमान्दार भई जनता सामु उभिने हैसियत राख्नुपर्छ,एक झिल्को आगाेलाई कमजाेर साेच्न हुदैन, अवस्था र परिस्थितिले पुरै सखाप पार्नसक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ADVERTISEMENT

तपाईको प्रतिक्रिया !

Dibay News

Dibay News

संबन्धित समाचार

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सचेतना जगाउने संस्थाको रुपमा परिचित बास नेपाल

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

सरकारी सूचनामा एकाधिकारको प्रयास प्रेस स्वतन्त्रतामाथि गम्भीर हस्तक्षेप

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गबाट सम्मानपत्र कदरपत्र तथा पुरस्कार वितरण

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

स्वतन्त्र प्रेसमाथि आक्रमण निन्दनीय 

लोक नृत्य प्रतियोगिता सम्पन्न

लोक नृत्य प्रतियोगिता सम्पन्न

सुनको मूल्य तोलामा २ हजार ४०० रुपैँयाले घट्याे

नेपाली बजारमा सुनको मूल्यकाे नयाँ रेकर्ड

ADVERTISEMENT

हाम्रो बारेमा

सही जवाफ पत्रिका

काठमाडौँ, नेपाल
 +9779851112187
 sahijawaaph@gmail.com
 info@dibaynews.com

हामी पूर्णतः कानुनी छौँ

  • Online registration (dibaynews.com)
  • सूचना विभाग दर्ता नं. : २१०१/०७७-७८
  • प्रेस काउन्सिल सूचिकृत : २२७१
  • सही जवाफ पत्रिका:-
  • सि.नं.: १३९
  • दर्ता नं.: ३८९
  • फोन नं – 9851112187/ काठमाडौँ नेपाल।

हाम्रो टिम

  • संचालक/प्रधान सम्पादक : सन्तोष प्रसाद तिवारी
  • सम्पादक: संगीता खतिवडा
  • बजार प्रतिनिधि : रामकृष्ण खतिवडा
  • सल्लाहकार : नन्दलाल खरेल

सामाजिक सञ्जाल

  • Preeti / Unicode

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host


Logo
No Result
View All Result
  • होमपेज
  • राजनीति
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • विचार
  • प्रदेश
    • कोशी
    • मधेश
    • बागमती
    • कर्णाली
    • लुम्बिनी
    • गण्डकी
    • सुदूरपश्चिम
  • अन्तर्राष्ट्रिय
  • कारोबार
  • कृषि
  • खेल
  • मनोरञ्जन
  • शिक्षा
  • स्वास्थ्य
  • टिभि
  • English

© 2024 All copyrights reserved to Dibay News | Developed By Himalayan Host